पौडेल पक्षीय जिल्ला सभापतिहरुको भेलापछि मिल्ला त पार्टीभित्रको विवाद ?



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय जिल्ला सभापतिहरुले पार्टी भित्र विकसित भएको परिस्थितिलाई समाधान गरेर अघि बढ्न सुझाव दिएका छन् ।

महासमितिले गरेको निर्णय केन्द्रीय समितिले उल्ट्याएको अवस्थामा फेरि केन्द्रीय समितिको बहुमतले नै एकतर्फी रुपमा विधान निलम्बित गर्ने काम गरेकाले समस्या आएको र यसलाई सच्याएर अघि बढ्न सुझाव दिएको नुवाकोटका सभापति जगदीशनरसिंह केसीले जानकारी दिए । उनले १४ औं महाधिवेसनको कार्यतालिकामा पार्टी भित्र सहमति, सहकार्य र एकतालाई कायम राखेर ल्याउन नसकेको भन्दै आलोचना गरे ।

पार्टी सभापति शेरबहादुर पक्षका केही नेताहरुले भने लोकतान्त्रिक विधि र प्रकृयाबाट केन्द्रीय कार्यसमितिले गरेका निर्णयहरुको भावनालाई बुझेर असन्तुष्ट नेताहरुलाई सुझाव दिने विश्वास रहेको बताएका छन् ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी भित्र देखिएको बेमेललाई मेलमा परिणत गराउन र सबै विषयको समाधान गर्न जिल्ला सभापतिहरुको भूमिका महत्वपूर्ण हुने बताए ।

त्यस्तै कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले नेपाली कांस्रेस महाधिवेशनतर्फ केन्द्रित भएर लाग्नुपर्ने र कार्यतालिकामा परिमार्जन गर्न सभापति तयार रहेको भन्दै यो भेलाले पनि कांग्रेसलाई तितरबितर पार्न भन्दा एकीकृत भएर अगाडि बढ्न सुझाव दिने बताए ।

नेपाली कांग्रेसको पुष ११ गतेको केन्द्रीय कार्यसमितिको बैठकले बहुमतको आधारमा २०७७ फागुन ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने, त्यस्तै विभागहरुको संख्या बढाई ४७ पुर्याउने लगायतका निर्णय गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय समितिले एकलौटी निर्णय गरेको भन्दै आफू निकट जिल्ला सभापतिहरुको भेला बोलाएको हो । दुई दिनदेखि जारी भेला बुधबारपनि चल्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकी राष्ट्रपति वाइडेन र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

काठमाडौँ ।  संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जोसेफ रोबिनेट वाइडेन जुनियर र प्रधानमन्त्री पुष्पकमल

आफ्नो अधिकारका लागि शिक्षकहरु सडकमा आउन बाध्य हुनु दुर्भाग्यपूर्णः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शिक्षकहरुका माग व्यवहारिक भएकाले सम्बोधन

एमालेको प्रथम बागमती प्रदेश अधिवेशन असोज ८ र ९ गते हुने

काठमाडौँ ।नेकपा एमालेको प्रथम बागमती प्रदेश अधिवेशन यही असोज ८ र ९ गते

पीडित पक्ष र समाजले ग्रहण गर्ने गरी शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने प्रधानमन्त्रीको प्रतिबद्धता

न्यूयोर्क । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्क्रमणलीन न्यायका बाँकी कार्य पूरा गर्नु नेपालको