निर्भया बलात्कार घटनाका दोषीलाई जनवरी २२ मा फाँसी दिइने



भारतको नयाँदिल्लीमा आठ वर्षअघिको सामूहिक बलात्कार घटनामा अदालतले दोषी ठहर गरेका चारै जनालाई जनवरी २२ तारिखमा मृत्युदण्डको सजाय दिइने भएको छ ।

नयाँदिल्लीस्थित पटियाला हाउस अदालतले बलात्कारमा संलग्न अक्षय, मुकेश सिंह, विनय शर्मा र पवन गुप्ताविरुद्ध मृत्युदण्डको आदेश जारी गरेको हो । अदालतले २०१२ डिसेम्बर १६ मा एक युवतीको बलात्कार गरेको र यातना दिएको आरोपमा उनीहरुलाई जनवरी २२ को बिहानै ७ बजे झुन्डाएर मृत्युदण्ड दिन आदेश दिएको हो ।

पटकपटकको सुनुवाइपछि अदालतका न्यायाधीश सतीशकुमार अरोराले बलात्कारीलाई झुन्ड्याउनु भन्ने ’ब्ल्याक वारेन्ट’ जारी गरेका हुन् । यो वारेन्टमाथि १४ दिनभित्रमा आरोपीले सर्वोच्च अदालत जान सक्छन् वा राष्ट्रपति समक्ष जीवनरक्षाको याचना गर्न सक्छन् । २३ वर्षकी मेडिकल विद्यार्थीको बसमा ६ जनाले सामूहिक बलात्कार गरेका थिए।

उनलाई मरणासन्न बनाएर सडकमा फालिएको थियो । यसको विरोधमा भारतभर ठूलो विरोध प्रदर्शन भएको थियो । पछि मात्र ती युवतीलाई निर्भया नाम दिइएको थियो ।

६ आरोपीमध्ये एक वयस्क नभएकाले यो सजायबाट जोगिएका छन् । अर्का एक आरोपी रामसिंहले हिरासतमै आत्महत्या गरिसकेका छन् । केहीअघि हैदराबादमा एक युवतीको बलात्कारपछि हत्या गर्ने चार जनालाई प्रहरीले त्यही ठाउँमा लगेर गोली हानी मारेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायलतर्फ प्रस्थान

  मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही सदस्य इजरायलतर्फ जान लागेका छन् ।  यो प्रयास दक्षिणी

सुडानको डार्फरमा जारी तनावप्रति संयुक्त राष्ट्रसङ्घद्वारा चिन्ता व्यक्त

  सुडानको उत्तरी डार्फर क्षेत्रमा जारी द्वन्द्वका बारेमा बढ्दो चिन्ताजनक रिपोर्टप्रति संयुक्त राष्ट्रसङ्घका

कमलपोखरी परिसरमा ढकमक्क ज्याकाराण्डा (फोटोफिचर)

काठमाडौँको कमलपोखरी परिसर छेउमा ढकमक्क फुलेको ज्याकाराण्डा फूल । यतिबेला काठमाडौँ उपत्यकाका धेरै

इलाम -२ र बझाङमा शान्तिपूर्णरुपमा मतदान जारी

काठमाडौं । इलाम–२ र बझाङमा मतदान सुरु भएको छ । इलाम–२ मा प्रतिनिधिसभा