अष्ट्रेलियासँगको सम्बन्ध बिगार्न खोजियोः पर्यटनमन्त्री भट्टराई



काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा नेपाल भ्रमण वर्ष २०२० को अन्तरराष्ट्रिय शुभारम्भ गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई र न्यू साउथ वेल्स राज्य संसद्का सभामुख जोनाथन ओडीले संयुक्तरुपमा सिड्नीमा आयोजित एक कार्यक्रममा भ्रमण वर्षको शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा त्यहाँका विपक्षी दलका नेता, नगरपालिका प्रतिनिधिलगायतले शुभकामना दिएका थिए । पर्यटनमन्त्री भट्टराईले अष्ट्रेलियामा डढेलोका कारण भएको क्षतिप्रति दुःख व्यक्त गर्दै सहानुभूति प्रकट गरेका थिए ।

उनले नेपाल र नेपाली जनता अष्ट्रेलियाको दुःखमा साथमा रहेको बताउँदै आफ्ना कूटनीतिक नियोग तथा नेपालीलाई सहयोगमा जुट्न आग्रह गरेका थिए । सोही कार्यक्रममा नेपाली समुदायले डढेलो पीडितका लागि सहयोग सङ्कलनका साथै केहीबेर मौन र्यालीसमेत निकालेको थियो । सर्कुलर किस्थित कस्टम हाउसदेखि ओपेरा हाउससम्म निकालिएको र्यालीमा नेपाली आआफ्नो सांस्कृतिक पहिरन र पहिचानसहित सहभागी भएका पर्यटन मन्त्रालयले जनाएको छ । सोही क्रममा ओपेरा हाउस पुगेपछि सुरक्षाकर्मीले सहभागीलाई व्यवसायिक ब्यानरसहित नजान अनुरोध गरेका थिए । सहभागी ब्यानर हटाएर ओपेरा हाउस पुगेका थिए ।

यसैबीच अष्ट्रेलियाको सिड्नीमा पर्यटनमन्त्री भट्टराईको उपस्थितिमा भएको ‘नेपाल भ्रमण वर्ष–२०२०’ शुभारम्भका बिषयमा आएका समाचार तथ्यहीन रहेको भन्दै पर्यटनमन्त्री भट्टराईले खण्डन गरेका छन् । सामाजिक संजाल फेसबुकमार्फत भट्टराईले कार्यक्रममै अवरोध जस्ता काल्पनिक समाचारमा आएका विषय तथ्यभन्दा धेरै टाढा रहेका र यसको भ्रममा नपर्न पनि अनुरोध गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शिक्षकलाई मजाक बनाउनु भनेको हाम्रो सिङ्गो नयाँ पुस्ताको मजाक उडाउनु जस्तै हो

नारायण गाउँले । शिक्षकहरूले शहरको हरियाली, बोटबिरुवा र सौन्दर्य ध्वस्त पारे भन्ने प्रमाणका

अमेरिकी राष्ट्रपति वाइडेन र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

काठमाडौँ ।  संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जोसेफ रोबिनेट वाइडेन जुनियर र प्रधानमन्त्री पुष्पकमल

आफ्नो अधिकारका लागि शिक्षकहरु सडकमा आउन बाध्य हुनु दुर्भाग्यपूर्णः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शिक्षकहरुका माग व्यवहारिक भएकाले सम्बोधन

एमालेको प्रथम बागमती प्रदेश अधिवेशन असोज ८ र ९ गते हुने

काठमाडौँ ।नेकपा एमालेको प्रथम बागमती प्रदेश अधिवेशन यही असोज ८ र ९ गते