बहुमतका आधारमा परित निर्णयहरुप्रति पौडेल पक्षीय जिल्ला सभापतिहरुको असहमति



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निकट जिल्ला सभापतिहरुले केन्द्रीय कार्यसमितिको बैठकबाट बहुमतका आधारमा परित निर्णयहरुप्रति असहमति जनाएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबारदेखि सुरु भेलामा केन्द्रीय कार्यसमितिमा भएको निर्णय र आगामी दिनमा कसरी अगाडि बढने भन्ने विषयमा राय सुझाव लिने काम भइरहेको वरिष्ठ नेता रामचन्द्र पोडेलले जानकारी दिए ।

भेलाको पहिलो दिन सोमबार वरिष्ठ नेता पौडेलले पार्टीमा देखिएको पछिल्लो विवादबारे जानकारी गराएको र त्यसमा महत्वपूर्ण सुझावहरु आएको बताए ।

उनले जिल्ला सभापतिहरुले नेपाली कांग्रेस विधिको बाटोमा हिंडनुपर्ने, संस्थागत रुपबाट पार्टी चलाउनुपर्ने र हचुवाको भरमा निर्णयहरु गर्दा पार्टी संकटमा जाने भन्दै केन्द्रीय कार्यसमितिले गरेका निर्णयहरु सच्याउनुपर्ने सुझाव दिएको दिए ।

वरिष्ठ नेता पौडेलले जिल्ला सभापतिहरुसँग परामर्श लिने काम मंगलबार पनि जारी रहने भएकाले सबै जिल्ला सभापतिहरुको रायसुझाव लिएपछि मात्र कसरी अगाडी बढ्ने भन्ने विषयमा निष्कर्षमा पुग्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रियसभा उपाध्यक्ष अर्याललले दिइन् पदबाट राजीनामा

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । उनले बिहीबार

निराशा चिर्ने र भरोसा जगाउने चुनौती छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक आर्थिक वर्षमा बजेट मागिरहने तर पुँजीगत

राप्रपाले इलाम-२ मा लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इलाम क्षेत्र नम्बर २ मा लक्ष्मी

अध्यक्ष भनेपछि भगवान्, भगवान् चाहिँ प्रश्नभन्दा माथिः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ भनिएका पार्टीहरू प्रश्नभन्दा माथि रहन