नेकपाको केन्द्रीय समिति बैठक माघ १५ गते बस्ने
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समिति बैठक माघ १५ गतेसम्मका लागि सरेको छ । आइतबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सचिवालय बैठकले केन्द्रीय समितिको बैठक सार्ने निर्णय गरेको हो ।
बैठकले यसअघि पुस २३ गतेका लागि तय भएको केन्द्रीय समिति बैठक माघ १५ गते बस्ने गरि मिति सार्ने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । राष्ट्रियसभाको निर्वाचनका लागि तयारी गर्नुपर्ने भएकाले केन्द्रीय समिति बैठकको मिति केहीपछि सारिएको उनले बताए ।