अमेरिकी अखडामा आक्रमण भए इरानका ५२ स्थानमा आक्रमण गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानले अमेरिकी अखडामा आक्रमण गरेको इरानका ५२ स्थानमा अमेरिकाले निशाना बनाउने चेतावनी दिएका छन् । ट्रम्पले ट्वीट गर्दै यो चेतावनी दिएका हुन् ।

उनले इरानका ती ५२ स्थान निकै उच्च तहका र इरान तथा इरानी संस्कृतिको लागि निकै महत्वपूर्ण रहेको समेत उल्लेख गरेका छन् । ट्रम्पले अमेरिकाले थप धम्की नचाहेको समेत उल्लेख गरेका छन् ।

ट्रम्पले ५२ स्थान सन् १९७९ यता बन्धक बनाइएका ५२ अमेरिकीलाई प्रतिनिधित्व गर्ने समेत जनाएका छन् । यता इराकी सेनाले भने इराकको राजधानी बगदादसमेत कैयौं इलाकामा रकेट आक्रमण भएको जनाएको छ ।

अमेरिकी दूतावासको नजिक ग्रीन जोन, बगदादको नजिक जदरिया र अमेरिकी सुरक्षा बल रहेको बलाद एयरबेसमा यस खालको आक्रमण भएको हो । सेनाका अनुसार यो आक्रमणमा कसैको पनि मृत्यु भने भएको छैन ।

इरान समर्थित मिलिसिया लडाकुले केही सातायता यस्ता आक्रमण गरेका थिए । शुक्रबार बिहान अमेरिकी आक्रमणमा इरानका फोर्स कमान्डर कासम सुलेमानीको मृत्युपछि तनाव बढ्दै गइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीन र अमेरिकाबीचको मतभेदको उचित व्यवस्थापन गर्नुपर्छ : चिनियाँ रक्षामन्त्री

चिनियाँ रक्षामन्त्री ली शाङफुले चीन र संयुक्त राज्य अमेरिकाले मतभेद र जटिल कठिनाइको

चीनमा पहिरोमा परी कम्तीमा १४ जनाको मृत्यु, पाँच बेपत्ता

चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तको लेशान सहरमा आइतबार पहिरो जाँदा १४ जनाको मृत्यु भएको

यस्तो छ कर्णाली सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

कर्णाली । कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम आइतबार सार्वजनिक भएको छ ।

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम : स्वास्थ्य, शिक्षा र कृषि प्राथमिकतामा(पूर्णपाठ)

गण्डकी । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा