भस्मान्तं शरीरम् !!



डा. गोविन्दशरण उपाध्याय ।

अहिलेसम्म “अमर” शब्द पढिएको छ, सुनिएको छ तर भेटिएको छैन | सिद्धार्थलाई तेसै वैराग्य आएको रहेन छ | शरीरलाई जतिसुकै माया गरे पनि रोगी, बृद्ध र अन्तत: नष्ट हुनु वाहेक अर्को विकल्प रहेन छ | प्राण नभएको शरीरले प्राण भएको शरीरझैं काम चल्ने र राख्न मिल्ने भए धेरैले सुरक्षित गरेर राख्थे होला ! सिद्धार्थ फेसनका लागि बुद्ध बनेका रहेनछन् !

यहुदी, इसाई तथा मुस्लिम सम्प्रदायले एस्तो प्रयत्न गरेको देखिन्छ | चिहानमा गाडेपछि प्रलयसम्म शरीर सुरक्षित रहन्छ भन्ने उनीहरूको विश्वासको कुनै अर्थ छैन | हड्डी वाहेक अरू शरीर गल्न तीन महिना पनि लाग्दैन | पपुवा न्यु गिनिका केही मान्छेले मरेको शरीर सजाएर राख्छन् तर के गर्नु ! सजाउनेहरू पनि एक दिन सजिने मै पुग्छन् | फोटो खिच्न हुँदैन, मूर्ति बनाउनु हुँदैन भन्ने यहुदी, इसाई, मुस्लिमहरूले चिहानमा शरीर सुरक्षित राखेको देख्दा अचम्म लाग्छ | एकातिर मूर्तिको ठाडो आलोचना गर्ने अर्कोतिर चिहान पूज्ने ?

वरू हिन्दू, बौद्ध, जैन र पारसी नै ठीक ! किनभने हामीले त आफ्नो शरीर चितामा खरानी बनाई पानीमा बगाएर घर फर्कन्छौं | हरेक वर्ष गरिने श्राद्ध पनि गयामा गएर श्राद्ध गरिसकेपछि समाप्त हुन्छ | केटाकेटी, जवान, प्रौढ तथा बूढाबूढी सबै मर्छन् तर २१ वर्षे ठिटो एकासी मर्छ भने परिवारलाई ठूलो मानसिक पीडा हुँदोरहेछ |

ज्ञान, विज्ञान, धर्मशास्त्र, भौतिकवाद, आध्यात्मवाद, दर्शन, मनोविज्ञानजस्ता विषयहरू पीडाका अगाडी अनर्थ नै हुनेरहेछन् | रामायणमा तुलसी दासले लेखेको अर्थ वुझ्नुपर्छ “जाकि पैर फटी न विवाइ, सो का जाने पीर पराई” जसका पैतला पटपटी फुटेका छैनन्, तिनले फुटेको दुखाई बुझ्न सक्दैनन् | बरू, समय बित्दैजाँदा प्रकृतिलेले नै कमलो गरी घाउँ भरिदिने प्रतीक्षा गर्नुपर्छ र प्रकृतिभन्दा जान्ने धार्मिक, मनोचिकित्सक अर्को हुँदैन | अरूलाई उपदेश दिन सजिलो हुन्छ तर आफुलाई पर्दा सबै थोक विर्सिन्छ |

मैले धैर्य गर्नुस् पनि भन्न सकिन | तेसो भन्न मनले नै दिएन, बुद्धिले मानेन, साच्चिकै भन्नुपर्दा आफ्नु केही ठाउँमा ज्ञानको धाक नदेखाएकै राम्रो !स्वस्तिअस्तु, कल्याणम्अस्तु, भष्ममान्तम् शरीरम्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लेखा समितिका सभापति पोखरेललाई राजीनामा दिएर मार्गप्रशस्त गर्न माओवादीको आग्रह

काठमाडौँ । नेकपा माओवादी केन्द्रले लेखा समिति सभापति ऋषिकेश पोखरेलको राजीनामा मागेको छ

चन्द्रागिरि नगरपालिका वडा नम्बर –१२ का अध्यक्ष पक्राउ, सहकारी ठगीको आरोप

काठमाडौं । प्रहरीले काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष न्हुच्छेबहादुर महर्जनलाई

एनपीएलको फाइनल खेलपछि साम्प्रदायिक सद्भाव बिथोल्न खोेजेको आरोपमा सुदूरपश्चिमका दुई युवा पक्राउ

काठमाडौं । गत शनिबार त्रिवि क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग(एनपीएल) को फाइनल खेलपछि

राष्ट्रपति पौडेलसमक्ष पाँच राजदूतको शपथ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले  विभिन्न देशका लागि नवनियुक्त राजदूतहरुलाई पद तथा गोपनीयताको