‘हामी ओदानमाथि बसेका छौँ र आगो बिस्तारै बल्दै छ भन्ने अनुभूति हुँदैछ’
डा. युवराज संग्रौला ।
उखु किसानको शोषण घिनलाग्दो अत्याचार हो । हिजो संसारमा उपनिवेशवादीहरु यसै गर्थे । जनता लुट्थे । आज यत्रो शोषण हुँदा न त राजनीतिक दल, न त सरकार न त नागरिक समाज, न त सत्ताको पुनरावृत्ति चाहने राजा कोही चुइँक्क बोल्दैन । के स्थापित हुन्छ, यसबाट
१. नेपालमा राजनीति केबल आडम्बर मात्र हुन पुगेछ । किन अर्काको परिश्रम खाने मानिसलाई पक्रिएर कारबाही नगरिएको हो ?
२. कृषिको अबहेलना नियोजित हो भनेर मैले, धेरैचोटी लेखें । आखिर सत्य रहेछ । कृषिमन्त्री पनि अब पक्का मन्त्री भइसक्नु भएछ । मैले बधाई दिन्न राम्रो काम गरेपछि आभार व्यक्त गर्छु भनेको थिएँ टेलिफोनमा । आजै बधाई दिनुपर्ने भयो । अब उहाँहरुले अपराध गर्नेलाई सजाय होइन गरिब जनताले तिरेको करबाट अनुदान दिनुहुन्छ । बिचौलियाले कमिसन खान पाउँछन् ।
३. समृद्धि गरिबको जीवन नउकासी आउँदैन । तर गरिब लुट्ने सांसद बनेका रहेछन् ।
४. कतै देशले ठूलै अनिष्ट भोग्नु पर्ने त होइन । सबै कुरा हेर्दा हामी ओदानमाथि बसेका छौँ र आगो बिस्तारै बल्दै छ भन्ने अनुभूति हुँदैछ ।