‘हामी ओदानमाथि बसेका छौँ र आगो बिस्तारै बल्दै छ भन्ने अनुभूति हुँदैछ’



डा. युवराज संग्रौला ।
उखु किसानको शोषण घिनलाग्दो अत्याचार हो । हिजो संसारमा उपनिवेशवादीहरु यसै गर्थे । जनता लुट्थे । आज यत्रो शोषण हुँदा न त राजनीतिक दल, न त सरकार न त नागरिक समाज, न त सत्ताको पुनरावृत्ति चाहने राजा कोही चुइँक्क बोल्दैन । के स्थापित हुन्छ, यसबाट

१. नेपालमा राजनीति केबल आडम्बर मात्र हुन पुगेछ । किन अर्काको परिश्रम खाने मानिसलाई पक्रिएर कारबाही नगरिएको हो ?

२. कृषिको अबहेलना नियोजित हो भनेर मैले, धेरैचोटी लेखें । आखिर सत्य रहेछ । कृषिमन्त्री पनि अब पक्का मन्त्री भइसक्नु भएछ । मैले बधाई दिन्न राम्रो काम गरेपछि आभार व्यक्त गर्छु भनेको थिएँ टेलिफोनमा । आजै बधाई दिनुपर्ने भयो । अब उहाँहरुले अपराध गर्नेलाई सजाय होइन गरिब जनताले तिरेको करबाट अनुदान दिनुहुन्छ । बिचौलियाले कमिसन खान पाउँछन् ।

३. समृद्धि गरिबको जीवन नउकासी आउँदैन । तर गरिब लुट्ने सांसद बनेका रहेछन् ।

४. कतै देशले ठूलै अनिष्ट भोग्नु पर्ने त होइन । सबै कुरा हेर्दा हामी ओदानमाथि बसेका छौँ र आगो बिस्तारै बल्दै छ भन्ने अनुभूति हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेलसमक्ष पाँच राजदूतको शपथ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले  विभिन्न देशका लागि नवनियुक्त राजदूतहरुलाई पद तथा गोपनीयताको

एनपीएलले उघारेको सपना

डा. शोभाकर पराजुली देशको खेल इतिहासमै पहिलोपटक भएको नेपाल क्रिकेट लिग (एनपीएल) को

रसुवागढी जलविद्युत् आयोजनाद्वारा विद्युत् उत्पादन सुरु

रसुवा । उत्तरी रसुवाको टिमुरेस्थित रसुवागढी हाइड्रो पावरले परीक्षण उत्पादन सफल भएको छ

सामाजिक अभियन्ता सुनिता दनुवारको निधन

काठमाडौं । शक्ति समूहकी संस्थापक एवं सामाजिक अभियन्ता सुनिता दनुवारको निधन भएको छ