एमसिसीबारे सरकार स्पष्ट छ, संसदबाट पास हुन्छः परराष्ट्रमन्त्री



काठमाडौं । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पास हुने बताएका छन् । सोमबार मन्त्रालयमा सन् २०१८/१९ को वार्षिक प्रतिवेदन सार्वजनिक कार्यक्रममा मन्त्री ज्ञवालीले एमसीसीको विषयमा सरकार स्पस्ट भएकोले संसदबाट पास हुने बताएका हुन् ।

उनले सरकारले पार्टीको स्थायी कमिटीको बैठकमा कुरा उठेपनि पार्टीको निर्णय एमसीसीको पक्षमा हुने भन्दै संसदबाट पास हुने जानकारी दिए । एमसीसी सम्बन्धमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा विरोध भएको थियो ।

उनले एमसिसी इण्डो प्यासिफिक रणनीति अन्तर्गत नरहेको भन्दै सन् २०१७ को सेप्टेम्बरमा भएको सम्झौता अनुसार नै कार्यक्रमलाई अगाडि बढाइने बताए । उनले एमसिसी सम्बन्धमा कसले के भन्यो भन्दा पनि सम्झौतामा के के विषय छन् भन्ने महत्वपूर्ण हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यो सरकारले चुनाव गराउन सक्दैन कि भन्ने एमालेको आशंका

काठमाडौं । नेकपा एमालेले अहिलेको सरकारले चुनाव गराउनेमा आशंका व्यक्त गरेको छ ।

प्रधानमन्त्री र राजनीतिक दलका नेता बालुवाटारमा छलफलमा

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र राजनीतिक दलका नेताहरू छलफलमा जुटेका छन् ।

अब महाधिवेशनले कसलाई नेता र नेतृत्वमा ल्याउन भन्छ, त्यही फैसलाअनुसार अगाडि बढ्छौँः उपमहासचिव ज्ञवाली

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले आगामी मङ्सिरमा हुने

भ्रष्टाचारी र दमनकारीविरुद्ध कठोर ढंगले प्रस्तुत हुन प्रधानमन्त्रीलाई जेनज आन्दोलनका घाइतेको सुझाव

काठमाडौँ । जेनजी आन्दोलनका घाइतेहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरेका हुन् । मंगलबार