परिवर्तनलाई उल्ट्याउने प्रयास कुनै हालतमा सफल हुँदैनः प्रचण्ड



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विचारमा एकरुपता भए मात्र एकीकृत पार्टीको उद्देश्य प्राप्त हुने बताएका छन् । शनिबार बालुवाटारमा आयोजित प्रेस संगठन नेपालको राष्ट्रिय भेला तथा सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘इतिहास र वर्तमानमा क्रान्तिका लागि जनमत निर्माण गर्ने काम सचेत व्यक्तिबाट नै भएको छ । नेतृत्वले सही समयमा सही निर्णय गर्दा ठूला ठूला परिवर्तन भएका छन् ।’
परिवर्तनलाई उल्ट्याउन प्रयास भइरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले त्यो कुनै हालतमा सफल हुन नसक्ने बताए । ‘अहिलेको अन्तर्राष्ट्रिय र राष्ट्रिय परिवेशमा जनमत निर्माण मुख्य विषय भएको छ । त्यसमा पनि इन्टरनेट र डिजिटलाइज्डले मुख्यरूपमा काम गरेको छ । त्यसको लागि जनताका पक्षधर सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुन्छ ।’

उनले मिडिया बुर्जुवाको हातमा रहेको भन्दै यसप्रति सजक हुनुपर्नेमा पनि जोड दिए । अध्यक्ष प्रचण्डले राष्ट्रिय एकता र समृद्धिको लागि जनमत तयार गर्ने काम गर्न पनि सञ्चारकर्मीहरुलाई आग्रह गरे ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका क्रममा गरिएको प्रतिवद्धताअनुसार नै नेकपा र सरकारले काम गरिरहेको अध्यक्षको भनाई थियो । ‘पार्टी एकता लागि हामीले जे भनेका थियौँ, त्यही गरेका छौं । पाँच वर्षको लागि सरकार दिन्छौँ भनेका थियौँ, त्यो हामीले दिएका छौं । पाँच वर्षको लागि बनेको सरकारले इमानदारीका साथ काम गरिरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुदूरपश्चिमका प्रदेश प्रमुखले राजनीतिक पूर्वाग्रह राखेर काम गरेको विपक्षी दलहरुको आरोप

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुुक्तिका लागि दाबी पेश गरेका नागरिक उन्मुक्ति पार्टीका

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए चौथो पटक विश्वासको मत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले चौथो पटक विश्वासको मत पाएका छन्

अर्थमन्त्री, गृहमन्त्री र सरकार हाम्रै हो : अध्यक्ष ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सानातिना घटनाले वर्तमान सत्ता समीकरणमा

रवि लामिछानेको प्रश्नः के जीबी राईका सारा बदमासीको ठेक्का मैले लिनु पर्ने हो ?

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूले सहकारीबाट पैसा नलिएको दाबी गरेका