नेपालको अस्तित्व संकटमा !



दीर्घराज प्रसाई ।

नेपालको अस्तित्व संकटमा छ ! धर्मनिरपेक्ष र गणतन्त्र रहिरह्यो भने नेपालको अस्तित्व रहेने छैन ! नेपालको सार्वभौमसत्ताको आधार स्तम्भ नेपालको राजसंस्था र हिन्दु अधिराज्य हो !

२०५८ साल जेठमा भएको दरबार हत्याकाण्डपछि माओवादी नेताहरु भारतमै सुरक्षाकासाथ रहेका थिए । कांग्रेसका गिरिजाप्रसादले प्रधानमंत्रीबाट राजीनामा दिएपछि कांग्रेसका शेरबहादुर देउवा प्रधानमंत्री भए । केही समयपछि गिरिजाले शेरबशादुर प्रधानमंत्री भएकोमा एक आँखाले पनि देख्न सकेनन् । त्यसपछि उनले गिरिजाप्रसादको रिसले बहुमतका रहेको कांग्रेस पार्टी हुँदाहुँदै मध्यावधि निर्वाचन गराउने भनेर प्रतिनिभिसभा विगटन गर्न राजामा जाहेर गरे । त्यसको लगत्रै निर्वाचन गराउन नसक्ने भन्दै फेरि २०४७ सालको संविधानको धारा १२७ प्रयोग गरेर राजामा शासनभार सुम्पे । यसमा कांग्रेस, एमाले सबैको समर्थन थियो ।

राजा ज्ञानेन्द्रले २०४७ सालको धारा १२७ धाराभन्दा संविधानको १३५ को उपधारा (१) मा उल्लेख भए अनुसार शासनभार ग्रहण गरे । उक्त धारामा उल्लेख छ– ‘नेपालको कार्यकाररिणी अधिकार श्री ५ र मंत्रिपरिषदमा निहीत रहने छ’ भनेको र संविधानको २७ धारामा संविधानको रक्षा गर्ने राजाको कर्तव्य हुनेछ भनिएकाले बहुमतमा रहेको कांग्रेसको मंत्रिपरिषद असफल भएपछि राजाबाट शासनभार ग्रहण गर्नुपनर्ने वाध्यता थियो ।

संविधानमा उल्लेख भएअनुसार राजाबाट शासनभार ग्रहण गर्नु असंवैधानिक र निरंकुशताको विषय नै थिएन । यी सबै पद नपाएको आक्रोसमा कांग्रेसका गिरिजा र एमालेका माधव नेपाल विदेशी गुप्तचर संस्थाकै इशारामा माओवादीसँग मिल्न पुगे । यसरी राजालाई सहयोग नगरेर कांग्रेस र एमालेका नेता गिरिजाप्रसाद कोइराला र माधव नेपाल राजाबाट प्रधानमंत्री नपाएको आक्रोसमा भारतीय ढलका फस्दै १२ बँुदे सहमति गर्न पुगेर धर्मनिरपेक्ष र गणतन्त्रको समर्थन गर्नपुगे । मतिभ्रष्ट भएपछि अमर व्यक्तित्वहरु पनि स्वर्गबाट नरक खस्छन् । यो कलंकबाट कुनै हालतमा पनि उनीहरु पखालिन सक्तैनन् ।

संविधानसभाबाट संविधान बनाउन सहमति कसरी कायम हुन्छ ? ठूला राजनीति दलहरु व्यर्थमा सहमतिको नाटक गरेर नेपाली जनतालाई सधैं अलमल्याएर नेपालको अस्तित्व समाप्त गर्न चहान्छन् । पहिलो र दोस्रो संविधानसभाको निर्वाचनपछि कहिले पनि सहमति भएन भने अव कुन प्रकारको सहमति खोजेको यिनीहरुले ? यिनीहरुले सहमतिको रट लगाएर दुनियाँलाई बहुला बनाउन लागेका छन् । वास्तवमा माओवादी, कांग्रेस, एमाले, मधेसी सबै एकै ढयाँड्का मूला हुन् । कांग्रेस, एमाले र अन्य साना पार्टीहरु स्वघोषित प्रतिपक्षको धाक दिएर त्यही भासिइसकेका छन् । संविधान बन्नु कहाँ छ कहाँ पहिला नै नेपालमा कसरी धर्मनिरपेक्ष र गणतन्त्र घोषणा गरियो ? योजस्तो अवैधानिक कुरा के हुनसक्छ ?

विदेशीहरुको षडयन्त्र र दबाबलाई नै संविधान भन्ने हो भने किन चाहियो संविधान ? विनासंविधान यसरी नै नेपाली जनतालाई अलमल्याएर राख्ने जो हुन् तिनीहरु निरंकुश मात्र होइनन्, राष्ट्रद्रोही हुन् । राष्ट्रलाई बाटो दिलाउन त्यस्ताहरुलाई समातेर राज्यले कारवाही गर्नु बाहेक अर्को उपाय केही छैन । राज्य भनेको वैधानिक रुपमा– अदालत, नेपाली सेना, राज्यका स्थायी अङ्गहरु हुन् जस्को काम देश संकटमा फस्दा वा संवैधानिक संकटमा व्यवस्थापिका, कार्यपालिका नभएको अवस्थामा राज्यका सम्पुर्ण अङ्गहरु स्वतः सक्रिय बनेर कानून बमोजिम राष्ट्र बचाउने काम गर्छन् । देशलाई डुब्नबाट बचाउँछन् । अव नेपाली सेना लगायत राज्यका सबै स्थायीहरु सक्रिय हुनु बाहेक अरु कुनै विकल्प छैन ।

नेपाल धर्मनिरपेक्ष र गणतन्त्र रहिरह्यो भने यो देशमा हिन्दु र बौद्धहरुको कुनै अस्तित्व रहेने छैन । सबै मारिन्छन्, सम्पूर्ण मंदिर, देवस्थल, धाम र गुम्बाहरु फोरिने छन् । सम्पूर्ण क्षेत्रमा इसाईकरण हुनेछ । धर्मनिरपेक्षको नाममा नेपालमा पश्चिमाहरुको दाई चल्छ र नेपाललाई इसाईकरण गराएरै छाड्छ । क्रिस्चियनहरुको चाला कस्तो छ भने जसरी हुन्छ नेपालमा हिन्दु तथा बौद्धको अस्तित्व समाप्त गरेर इसनाईकरण गर्ने । पश्चिमाहरुले देशका सर्वाेच्च निकायहरुमा पनि हात हाल्छन् ।

सर्वोच्च अदालतजस्तो आस्था केन्द्रमा पनि इसाई पसिसकेका छन् भने इसाईहरु भोलिका दिनमा कहाँ पस्दैनन् र कसलाई बिगार्दैनन् । स्मरणरहोस– त्यस्तै सर्वोच्च अदालत लगायत नेपालका अदालतहरुमा कम्युटर व्यवस्थादेखि अदालतभित्र आवश्यक सोफा–फर्निचरहरु सबै क्रिस्चियनको सहयोगमा व्यवस्था गरिएको छ भनिन्छ । यस कुरामा प्रधानन्यायाधीश लगायत सबै न्यायाधीशहरुले सही कुराको छानवीन गरी इसाई प्रवेश गराउने व्यवस्थापनलाई कारवाही गरेर सर्वोच्च अदालतले नियन्त्रण गर्न सक्नुपर्छ ।

नेपालको सार्वभौमसत्ता, एकता र छिमेकी देशहरुसँगको संतुलित संवन्धको आधार स्तम्भ भनेको नेपालको राजसंस्था हो । राजसंस्था र विश्वको एक मात्र हिन्दुअधिराज्यको रुपमा चिनिएको पहिचानलाई सम्मान गरेर हिडेको भए नेपालमा यसरी विदेशीहरको नाङ्गो हस्तक्षेप र चलखेल हुन सक्तैनथ्यो । अरु देशजस्तो होइन नेपाल । उत्तरतर्फ चीन र दक्षिणतर्फ भारतको बीचमा अवस्थित भूमि जोगाउन स्थायी राष्ट्रप्रमुख नभई नेपाल सुरक्षित हुन सक्तैन । संवैधानिक राजसंस्था र हिन्दु अधिराज्य यथावत कायम भएपछि डुब्न लागेको नेपाल बचाउन सकिन्छ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ल्हासा–काठमाडौँ बस सेवा पुनः सञ्चालन गर्न चीन सकारात्मक

ल्हासा (चीन) । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल– चीन सीमा क्षेत्रका बासिन्दाले

अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा बजेट मस्यौदा लेखन समिति गठन

काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट मस्यौदा लेखन

सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिए कारबाही गर्ने नाउपा अध्यक्ष रञ्जिताको चेतावनी

धनगढी । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय

सर्वोच्चद्वारा नेपाली कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा

काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । शुक्रबार