कांग्रेसको प्रश्नः सीमा समस्या समाधानका लागि सरकारका निकायहरु के गर्दैछन् ?



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारतीय पक्षबाट अतिक्रमणमा परेको नेपाली भूमि फिर्ता गराउने सवालमा अडान लिन सरकार चुकेको भन्दै आलोचना गरेको छ । राष्ट्रियसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले सुगौलि सन्धिले निर्धारण गरेको सीमा कायम हुनुपर्ने विषयलाई सरकारले अडानका साथ राख्न नसकेको भन्दै आलोचना गरेका हुन् ।

उनले सीमा सुरक्षा र अतिक्रमणमा परेको भूमि फिर्ता गर्ने सम्बन्धमा भएका प्रयास बारे सदनलाई जानकारी गराउन पनि सरकारसंग माग गरेका छन् । उनले यसका बारेमा प्रधानमन्त्रीले सदनमा आएर जानकारी गराउनुपर्ने बताएका छन् ।

उनले भने,“प्रधानमन्त्रीले के गरिरहनु भएको छ ? परराष्ट्र मन्त्रालय के गरिरहेको छ ? सरकारका अन्य निकायहरुले के गर्देछन् । यो समस्या कसरी समाधान हुन्छ ? हामी नेपालीहरु स्पष्ट छौ । कसैको हामीले के इन्च जग्गा मिच्नु पनि छैन । र नेपालको एक इन्च जग्गा दिनु पनि छैन । यो कुरा हामीले सप्रमाण भारत समक्ष किन राख्न सक्दैनौ ?’उनले सीमा समस्या समाधानका लागि अग्रसरता लिन सरकारलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुशीला थिङ कांग्रेस संसदीय दलको सचेतकमा नियुक्त

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको सचेतकमा सुशीला थिङ नियुक्त भएकी छन्। बिहीबार

भारतले सांस्कृतिक नक्सा जारी गर्न सक्छ भने नेपाले पनि ग्रेटर नेपालको नक्सा जारी गर्न सक्नुपर्छः गगन थापा

विराटनगर। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालले पनि आफ्नो ’ग्रेटर नेपाल’ जारी गरी

पहिचानवादीका नाममा सत्तापक्ष नै मुठभेडमा उत्रियो, एमालेले प्रतिवाद गर्छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले कोशी प्रदेशमा पहिचानवादीहरूलाई एमालेमाथि

बजेटले जनअपेक्षाअनुसारको अर्थतन्त्र सुधार गर्न सक्दैनः अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बजेटमा करको दर र दायरा