हामीले हाम्रो पार्टीको नाम कम्युनिस्ट किन राख्नुपर्यो ?
लेखनाथ न्यौपाने ।
आन्दोलन विरुद्ध निरन्तर सार्वजनिक गाली सुन्नुपरेको छ तर सुन्न सकिएको छैन, त्यसैले
#सरकारले राम्रा काम गर्ने, सरकारले गरेका राम्रा काम पार्टी कमिटी र कार्यकर्ताले जनताबिचमा प्रचार गर्ने, जनताको मन पगाल्ने र पार्टी लोकप्रीय हुने आजको राजनीतिक लाइन बन्न गएको छ तर एकपछि अर्को सरकारले गरेका निर्णय र कामहरु बिवाधित मात्र भएका छैनन् कि एकाध खराव मान्छेहरुको स्वार्थमा ठूल्ठुला निणर्यहरु हुने, आधारभूत तहसहित बहुसंख्यक जनता झन् तल पर्दै जाने र मठ्ठीभर मान्छेहरु मालमाल हुने स्थितिले हाम्रो वर्ग चरित्र, नैतिकता र लोकप्रयिता खर्लप्पै खाने स्थिति बन्दैछ ।
यदि परम्परागत पूँजीवादको अभ्यास गर्ने नै हो भने हामीले हाम्रो पार्टीको नाम कम्युनिस्ट किन राख्नुपर्यो ? रातो झण्डा किन बोक्नुपर्यो ? यतातिर हाम्रो सोंच र वहस सोझिएन भने हामी सकिने मात्र होइन, कम्यनिस्ट आन्दोलन नै वदनाम हुन्छ, होइन र ?
#पार्टीलाई बचाउनु पर्छ, नेताहरुको सार्वजनिक आलोचना गर्नु हुँदैन भनेर हामी कार्यकर्ता चुप लागौंला तर लाखौं हाम्रा मतदाता, सचेत जनता, अरु पार्टीका कार्यकर्ता र विरोधी वर्गले दैनिक सार्वजनिक भएका त्यस्ता (तलको तस्विर त एउटा उदारण मात्र हो) विषय र निर्णयहरु पढ्छन्, धारणा बनाउँछन् र नेकपाको सरकारले यस्तायस्ता काण्ड घटाइरहेको छ भनेर हाम्रा विरुद्ध अभियान छेड्छन् र छेडिरहेका छन् ।
हामी कार्यकताले होइन, नेकपा र हाम्रो पार्टी नेतृत्वको सरकारले यस्तो गलत काम गर्नै सक्दैन भनेर कुन जमिनमा टेकेर भन्ने हो ? त्यसकारण सरकार र पार्टीबारे चोक र चौतारा, चिया पसल र पुस्तक पसल, सभागोष्ठी र मेलापातसम्म पैरवी गर्ने आत्मबल यदि कार्यकर्तामा भएन/देखिएन भने हामीले बुझ्नुपर्छ कि
नेताहरू मनोगत बन्दैछन्, पार्टीको लोकप्रीयता ओरालो लाग्दै छ, सरकारका निर्णय र कामहरु पारदर्शी छैनन् । निष्कर्ष, आन्दोलन बँचाउने हो भने हाम्रो सोंच्ने र काम गर्ने तरिका बदल्नुपर्छ । हामीले हाम्रै जमिनमा खुट्टा टेकेर अघि बढ्नुपर्छ ।