नेकपाको केन्द्रीय समिति बैठक पुस २० मा



काठमाडौँ । सत्तारुढ नेकपाको केन्द्रीय समिति बैठक पुस २० देखि बस्ने भएको छ । मंसिर २९ गतेदेखि जारी नेकपाको स्थायी समिति बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमा पुस २० गतेदेखि केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो ।

नेता वर्षमान पुनका अनुसार पुस २० गतदेखि केन्द्रीय समितिको बैठक बोलाउने निर्णय भएको हो । पार्टी एकतापछि नेकपाले पहिलो पटक एजेण्डामाथि छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाउन लागेको हो ।

नेकपाले केन्द्रीय समिति बैठकमा विधान संशोधनको प्रस्ताव लैजाने तयारी गरेको छ । नेकपामा ४ सय ४५ जना केन्द्रीय सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागमतीमा ४ दलबीच ५ बुँदे सहमति, हानेपाबाट बज्राचार्य बने मन्त्री

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनियताको शपथ लिएका

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिमा तीन सदस्य नियुक्त गरेको छ

इलाम-२ मा मिलन लिम्बूलाई उम्मेदवार बनाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि मिलन

अख्तियारद्वारा एमडीएमएस खरिद प्रकरणमा १९ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग