कसले दुरुपयो गर्यो त प्रधानमन्त्रीको ट्विटर ?



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक ट्विटर ह्यान्डलबाट भारतको आन्तरिक राजनीतिबारे लेखिएको एउटा ट्वीट ’लाइक’ र ’रिट्वीट’ भएपछि सामाजिक सञ्जालमा त्यसबारे खैलाबैला मच्चिएको छ । उक्त ट्वीट भारतमा हिंसा चर्किँदै गर्दा विपक्षी कंग्रेस नेतृ सोनिया गान्धीले देशवासीलाई संयमित हुन आग्रह गरेको विषयमा केन्द्रित थियो ।

त्यसको केही समयपछि प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकारले ट्विटरमै “पासवर्डको दुरुपयोग गरी यस्तो गरिएको हुन सक्ने आशङ्का“ व्यक्त गरी “कुनै प्रकारको भ्रम र गलतफहमीमा नपर्न“ अनुरोध गरे । प्रधानमन्त्रीको खाताबाट उक्त ट्वीट मेटियो र लाइक पनि हटाइयो । तर सामाजिक सञ्जालमा त्यसबारे चर्चा चलिरहेको छ।

कसले चलाउँछ प्रधानमन्त्रीको ट्विटर ?
प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक कार्यक्रम तथा भेटघाटमा ट्विटरको चर्चा गर्दै आफैँ ट्विटर चलाउने सङ्केत गर्ने गरेका छन् । ट्विटरमा उनको निजी खाता पनि छ । केही साताअघि एपेन्डिसाइटिसको शल्यक्रिया गरेको दुई दिनपछि अस्पतालको शय्याबाटै उनले ट्वीट गरेर आफ्नो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको भन्दै स्वास्थ्यस्थितिबारे चासो राख्ने तथा शुभेच्छा प्रकट गर्ने सबैलाई धन्यवाद दिएका थिए । तर शुक्रवारको घटना नेपालका प्रधानमन्त्रीको आधिकारिक खाताबाट भएको हो । उक्त खाता प्रधानमन्त्रीका सहयोगीहरूले चलाउने विश्वास गरिन्छ। आखिर कसले चलाउँछ त प्रधानमन्त्रीको ट्विटर ?

के थियो प्रधानमन्त्रीले रिट्वीट गरेको सन्देशमा?

शिवम विज नाम गरेका एक भारतीय पत्रकारले शुक्रवार सन्देश लेख्दै भारतमा हिंसा चर्किएको बेला “देशवासीलाई सम्बोधन गर्ने विपक्षी दल कंग्रेसकी नेत्री सोनिया गान्धीको शान्त शैली”को प्रशंसा गर्दै त्यस्तो काम “बरु प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नुपर्ने” सुझाव दिएका थिए।

नागरिकतासम्बन्धी एउटा विवादास्पद कानुनको विरोधमा भारतमा अहिले हिंसात्मक प्रदर्शनहरू भइरहेका छन्।

उक्त कानुनलाई आलोचकहरूले मुस्लिमविरोधी मानेका छन्। दुई सातादेखि भइरहेको विरोधलाई सरकारी पक्षले दमन गर्न खोजेको बताइन्छ। सरकारले राजधानी दिल्ली तथा अन्य केही स्थानमा इन्टरनेट बन्द गरिदिएको छ।

आन्दोलन चर्किरहेको बेलामा सोनिया गान्धीले त्यसै बेलामा भिडिओ सन्देश दिएकी थिइन्। उक्त भिडिओ कंग्रेस पार्टीको ट्विटर ह्यान्डलबाट सार्वजनिक भएको थियो।

विजले त्यही भिडिओलाई आफ्नो सन्देशमा राख्दै ट्वीट गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘राष्ट्रिय सहकारी नियमन प्राधिकरण’को जिम्मेवारी एमालेकै सहकारी विभागका सदस्यलाई किन ?

-नारायण गाउँले । देशभरका सहकारीमा ठगी र अनियमितता त सुन्नुभएकै छ । प्रायः

मुस्ताङको कोरालानाका पूर्ण सञ्चालनमा ल्याइनेछः प्रधानमन्त्री ओली

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक संरचना र पूर्वाधार निर्माणसहित मुस्ताङको कोरालानाका पूर्ण

कस्तो रह्यो परराष्ट्रमन्त्रीको एक वर्ष ?

काठमाडौं । परराष्ट्र मन्त्रालयमा डा आरजु राणा देउवाले कार्यजिम्मेवारी सम्हालेको मंगलबार एकवर्ष पुगेको

घुसकाण्डमा मुछिएका संघीय मामिला मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा

काठमाडौं । घुसकाण्डमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका