संसदको हिउँदे अधिवेशन सुरु, उपसभामुखद्वारा बैठकको अध्यक्षता



काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन शुक्रबारदेखि शुरू भएको छ । प्रतिनिधिसभाको बैठकको अध्यक्षता गर्दै उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले सांसदलाई स्वागत गरी हिउँदे अधिवेशन प्रारम्भ भएको घोषणा गरिन् ।

विधेयक अधिवेशनलाई यस पटक सभामुख चयन गर्नेुपर्ने दायित्वसमेत थपिएको छ । सङ्घीय संसद् सचिवालयमा कार्यरत एक महिलामाथि यौन दुव्र्यवहार गरेको अभियोग लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएपछि हाल सभामुख पद खाली छ । सभामुख रिक्त हुनाले उपसभामुख तुम्बाहाङ्फेले अधिवेशन प्रारम्भ भएको घोषणा गरेकी हुन् ।

यौन दुव्र्यवहार आरोप लागेपछि सभामुखबाट राजीनामा दिएका महरा अहिले अदालतको आदेशमा अनुसन्धान र पुर्पक्षका लागि थुनामा छन् । आजका दिनसम्म कसलाई सभामुख बनाउने भन्नेबारे सत्तारुढ दल नेकपाले निर्णय गरिसकेको छैन । सभामुख र उपसभामुख फरक राजनीतिक दल र फरक लिङ्गको हुनुुपर्ने संवैधानिक व्यवस्था छ ।

बैठकको प्रारम्भमा उससभामुख तुम्बाहाङ्फेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सङ्घीय संसद्को पाँचौँ अधिवेशन आह्वान र मन्त्रिपरिषद् पुनःगठनसम्बन्धी प्राप्त पत्र पढेर सुनाएकी थिइन् ।

लोकतान्त्रिकएकी गणतन्त्र स्थापनाका लागि योगदान पुर्याउने ज्ञातअज्ञात शहीदप्रति एक मिनेट मौनधारण पनि गरिएको थियो । प्रतिनिधि सभाको हिउँदे अधिवेशनको पहिलो बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भयो । अर्को बैठक यही पुस ११ गते बस्नेछ । बैठकले ४ जना पूर्व सांसदको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काठमाडौंमा जागरण सभा गर्न एमालेले बनायो राजन भट्टराईको संयोजकत्वमा समिति

काठमाडौं । नेकपा एमालेले मंसिर ७ गते काठमाडौंमा जागरण सभा गर्ने भएको छ

महामन्त्री बुर्लाकोटीलाई पार्टीको तर्फबाट उम्मेदवारी मनोनयनको औपचारिक पत्र प्रदान गर्ने अधिकार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तहको उपनिर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारी मनोनयनको

सरकारले १५ दिनभित्र बक्यौता असुलउपर गर्न निर्देशन दिइसकेकाले प्राधिकरण त्यसैअनुरुप अघि बढ्छः कुलमान घिसिङ

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले उद्योगीले अबको १५ दिनभित्र डेडिकेटेड र ट्रंकलाइन बक्यौता

जलवायु परिवर्तनका कारण पीडित हुनेहरूलाई न्याय दिने हो भने उनीहरूले भोगेका समस्यालाई एकीकृत सम्बोधन गर्नुपर्छः राष्ट्रपति पौडेल

अजरबैजान । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु समस्या र गरिबी निवारण कार्यक्रमलाई एकीकृत रूपमा