‘अहिले देशको अवस्था २०१७ सालको भन्दा बढी बिकराल’



–दीर्घराज प्रसाई ।

दुई महान विभूति राष्ट्र निर्माता पृथ्वीनारायण शाह र राजा महेन्द्रलाई हामी स्वाभिमानी नेपालीहरूले बिर्सनु हुन्न ! नेपालको इतिहासका राष्ट्र निर्माता पृथ्वीनारायण शाह र राजा महेन्द्र अमर विभूति हुन्, कहिले नअस्ताउन तारा !
देशभक्त राजा महेन्द्र नेपाल र नेपाली जनताका कर्णधार हुन् । नेपालको सार्वभौम अस्तित्व कायम राखेर राष्ट्रका प्रतिष्ठा, पहिचान कायम राख्न ज्यू ज्यान अपर्ण गर्ने राजा महेन्द्र एक स्मरणीय योद्धा हुन् । राजा महेन्द्रले समृद्ध, सार्वभौम नेपाल र नेपाली जनताको सुख समृद्धिको लागि जे जति काम गरे त्यो सबैको सामु अझै ताजा छन् । अहिले २०१७ सालभन्दा राष्ट्रको बिकराल अवस्था छ । अहिले नेपाली जनता निरास छन् ।

राजा महेन्द्रले राजनीतिक दलहरूका साथै सामाजिक संगठनहरूको सम्मेलन गरिसकेका थिए । विद्वान् र शिक्षितहरूले सल्लाह दिए- जंगबहादुर देखि मोहन शमशेरसम्मको १०४ वर्ष लामो राणा शासनकालमा नेपाली कूटनीति संसारमा विस्तीर्ण हुन नसकेको हुँदा कूटनीतिमा विशेष ध्यान पुर्याउनुपर्छ भनेर राजा भएको नौ महिनामै नेपाललाई संयुक्त राष्ट्रसंघको सदस्यता दिलाएर राजा महेन्द्रले ठूला सफलता प्राप्त गरेका थिए।

२०१७ साल पौष १ गतेको परिवर्तन नेपाली कांग्रेस विरुद्ध नभएर नेपालको राष्ट्रियताको सुदृढीकरणको कदम थियो । राजा महेन्द्रको विचारबाट पराजित भएकाहरू सत्ता कब्जा गरेर नेपालको राजनीतिलाई अन्योलग्रस्त बनाएर लुट मच्चाउने खोज्नु हो । २०४६ सालपछि नेपालमा वहुदलीय व्यवस्थाको पुर्नस्थापना पछिका राष्ट्रघाती भ्रष्ट व्यवहार र २०६३ साल पछिको खतरनाक अवस्था हेर्दा सम्पूर्ण देशवासीहरूले ५९ बर्ष अगाडि राजा महेन्द्रको कदमको संझना गरिरहेका छन् । अहिले २०१७ सालभन्दा राष्ट्रको बिकराल अवस्था छ । अहिले नेपाली जनता निरास छन् । नेपाली जनताको विचारमा विभाजित गराइएको छ । जनता टुक्रिएका छन् । नेपालमा कांग्रेसका गिरिजाप्रसाद कोइराला, एमालेका माधव नेपाल, माओवादीका प्रचण्ड, बाबुराम भट्टराई जस्ता राष्ट्रघातीहरूको कारणले नेपालको अवस्था संकटग्रस्त छ ।

भारतीय गुप्तचरहरूको ढलमा फसेको माओवादी सत्तामा आएदेखि नेपालको सार्वभौमसत्तामाथि कालो बादल मडारिएको छ । माओवादीका प्रचण्डले मुखले जत्तिसुकै राष्ट्रियताको हुंकार गरेता पनि ती सबै सत्ताको भोकको गुहार बाहेक केही होइन । राजा महेन्द्रले भनेका थिए– पार्टी भित्रका राष्ट्रघाती नेताहरूका कारणले जनतामात्र बिभाजित हुने होइनन् राष्ट्र नैं विभाजित हुनसक्छ । नेपालमा अहिले त्यही भइरहेको छ ।

राजभोलि सबैले राजा महेन्द्रको संझना गर्न लागेका छन् । महान देशभक्त राजा महेन्द्र नेपाल र नेपाली जनताका कर्णधार हुन् । नेपालको सार्वभौम अस्तित्व कायम राखेर राष्ट्रका प्रतिष्ठा, पहिचान कायम राख्न ज्यू ज्यान अपर्ण गर्ने राजा महेन्द्र एक स्मरणीय योद्धा हुन् । राजा महेन्द्रले समृद्ध, सार्वभौम नेपाल र नेपाली जनताको सुख समृद्धिको लागि जे जति काम गरे त्यो सबैको सामु अझै ताजा छन् ।

स्मरणहोस्– २०१७ साल अगाडि विदेशीहरू नेपालको जग्गा–जमीन खरिद गर्न स्वतन्त्र थिए । २०१८ सालमा राजा महेन्द्रबाट कुनै पनि बिदेशीलाई नेपालको भूमी खरिद गर्न रोक लगाइयो । नेपालको एक जिल्लाबाट अर्को जिल्ला जान भारतकै बाटोबाट हिंड्नुपर्ने बाध्यता थियो । राजा महेन्द्रबाट २०१८ सालमा पूर्वपश्चिम राजमार्गको गैलाकोटमा शिलान्यास गरेर भारतीय पीडाबाट मुक्त गराउने काम भयो । नेपाली भाषालाई अधिराज्यभर राष्ट्रभाषामा निरन्तरता दिलाइयो ।

२०१७ साल अगाडि, नेपाली भुमीमा ९० प्रतिशत भारतीय मुद्रा चलनचल्तीमा थियो, त्यसलाई हटाई नेपाली मुद्रालाई अनिवार्य प्रचलनमा निरन्तरता दिएर स्वाभिमान कायम गरियो । नेपालको सुरक्षार्थ बसेको भारतीय फौजलाई बिनासर्त राजा महेन्द्रबाट धपाउने काम भयो । हिन्दू अधिराज्यलाई ससम्मान संविधानमा उल्लेख गरेर भारत र विश्वभरका हिन्दुहरूमा सकारात्मक संदेश दिइयो, २०२० साल भाद्र १ गते नयाँ मुलुकी ऐन घोषणा गरी छुवाछुत, जातिभेद र लिङ्गभेदको नीति तोड्ने अथक प्रयत्न गरेको, २०२१ सालमा भूमिसुधार ऐन घोषणा गर्दै बिना रक्तपात जमिन्दारी प्रथा, बिर्ता उन्मुलन गर्दै जग्गा जोत्ने मोहीहरूको अधिकार सुरक्षित राखेर असंख्यौं जग्गाविहीनहरूको उद्गार गरे । राजा महेन्द्रले २०१७ सालमा कदम नचालेका भए नेपालको अस्तित्व पहिल्यै समाप्त हुन्थ्यो ।

भारत रिसाउछ भन्ने डरले कांग्रेसी नेताहरू राष्ट्रिय एकताका कुरा पनि उठाउन चाहँदैन थिए । सन् १९५० को सन्धि र दिल्ली संझौता हावी थियो । कुनै पनि स्वतन्त्र एवं सावैभौमसत्ता सम्पन्न राष्ट्रको संरक्षण अर्काका देशको फौजबाट हँुदैन, आफ्नै देशका फौज चाहिन्छ । एउटा स्वतन्त्र राष्ट्रका आफ्नै मुद्रा हुन्छ, आफ्नै भाषा हुन्छ ।

आफ्नो देशको भूभाग खरिद बिक्री गर्ने सम्पूर्ण अधिकार आफ्नै देशका जनताको मात्र अधिकारमा रहन्छ, विदेशीहरूको कुनै अधिकार हुँदैन । भारतमा त्यहाँका जनताले भारतीय नागरिक भएरै पनि सिक्किम र काश्मिरमा जग्गा किनबेच गर्न पाउँदैन थिए भने नेपाल जस्तो सार्वभौंम राष्ट्रमा भारतीयहरूको यस्तो हेपाहा प्रवृत्ति ?

नेपालका एउटा महान देशभक्त राजा महेन्द्रको असामयिक रूपमा २०२८ साल माघ १७ गते ५२ वर्षको उमेरमैं देहान्त हुन गयो । मुलुक रोयो । विश्वभरबाट समवेदना आए । पत्रपत्रिकामा छापिए । राजा महेन्दको स्वर्गारोहण भएको बेला भारतीय समाचार पत्र टाइम्स अफ इण्डियाले सन् १९७२ फरवरी १ मा– पिपुल्स किङ्ग अफ नेपाल लेखेको थियो ।

भारतीय सामाचारपत्र नवभारत टाइम्सले लेखेको थियो– “सन् १९६० मा संविधान भंग गरेको निर्णयलाई आलोचना त गरियो तर पछिका घटनाहरू र पञ्चायती व्यवस्था लागू गरिएपछि यो कुरा स्पष्ट भयो कि राजा महेन्द«को निर्णय र प्रयोग उचित थियो । इण्डियन एक्सप्रेसले भनेको थियो— “राजा महेन्द्रलाई नेपाल र संसारका अन्य भागमा पनि त्यस्तो व्यक्तित्वको रूपमा संस्मरण गरिनेछ कि जसले आफ्नो सामथ्र्य र शक्ति अनुसार आफ्नो देशको सेवा गर्ने संकल्प गरेको थियो ।” तर अहिले नेपाल खतरनाक मोडमा छ ।

२०४६ सालपछि र २०६३ सालपछि जघन्य अपराध गर्नेहरू अहिले कारवाहीमा नपरेता पनि गद्दारहरूलाई समयले छोड्ने छैन । २०६३ सालपछि गिरिजा र एमालेको काँधमा चढेर माओवादी सत्तामा आएर ब्रहलुट मच्चाए । गणतन्त्र, धर्मनिरपेक्षता, जातीय–संघीय राज्यको एजेण्डा ल्याएर नेपाललाई टुक्राटुक्रा पारेर बिदेशीका पोल्टामा हाल्न तम्तयार भए ।

विश्वका अरूहरू राष्ट्र जस्तो नेपाल होइन । राजासँग संझौता भएर २०६३ साल वैशाख ११ गते आन्दोलन रोकिएको थियो । राजाकै कारणले आन्दोलन सफल मानिएर विजय जुलुस मनाइयो । तर बिस्तारै एकपछि अर्को गर्दै संझौता र सहमति तोड्दै गणतन्त्र, धर्मनिरपेक्षता, जातीय आधारमा संघीय राज्यको अवधारण अगाडि सार्नु यो कति ठूलो धोका हो ? देशलाई धोका दिएर कांग्रेस, एमाले र माओवादीहरू नैं राष्ट्रघातका अगुवा बने । अव गन्हाएका एमाले+ माओवादी, कांग्रेसका भ्रष्ट अनुहारहरूको कसैबाट समर्थन हुने अवस्था अव छैन ।

यस अवस्थामा राजा ज्ञानेन्द्रसँग सहकार्य गरेर मुलुकको निकास खोज्नुपर्दछ ! नेपाललाई जोगाउन एक मात्र विकल्प राजतन्त्र र हिन्दु अधिराज्यको पुनर्वहाली हो !

राष्ट्र निर्माता पृथ्वीनारायण शाहबाट विशाल नेपालको एकीकरण गर्ने काम भयो भने नेपाल अधिराज्यलाई एकसूत्रमा आवद्ध गर्ने काम राजा महेन्द्रबाट भएको हो । यी दुई महान विभूतिहरूलाई हामी स्वाभिमानी नेपालीहरूले कहिले पनि बिर्सनु हुन्न । नेपालको एकीकरणमा महान योगदान पु¥याएका पृथ्वीनारायण शाह र छोटो समयमा नैं नेपालको चौतर्फी विकास गरेर नेपाललाई विश्व रङ्गमञ्चमा चिनाउने श्री ५ महेन्द्रप्रति पौष १ गते श्रद्धाञ्जलि अपर्ण गरौं । र हरेक बर्ष पौष २७ गते विशाल नेपालका निर्माता पृथ्वीनारायण शाहको जन्म जयन्ती र राष्ट्रिय एकता दिवसको दिन श्रद्धाञ्जली अर्पण गरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा

उपनिर्वाचनको सुरक्षाका लागि सेना परिचालन हुने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १५ गते हुने इलाम र बझाङको उपनिर्वाचनमा