‘भूपू प्रम भैटोपलेको म बबुरोको महिनौंदेखिको चिच्याहट अरण्यरोदन बनिरहेको छ’


गोरखाको दरौंदी फाँटमा एकातिर नदीजन्य पदार्थको मनपरी दोहनको यस्तो भद्दा रूप प्रष्ट देखिन्छ भने अर्कोतिर १२ बर्षदेखि निर्माणाधीन १२ किलोबाट दरौंदी किनार हुँदै बारपाकसम्म पुग्ने सडकको वेहाल हेरिनसक्नु छ!

राजनीतिक नेता-ठेकेदार-कर्मचारीतन्त्रको लगनगाँठो यति जब्बर छ कि त्यस क्षेत्रको प्रतिनिधिसभा सदस्य रहेको र भूपू प्रम भैटोपलेको म बबुरोको महिनौंदेखिको चिच्याहट अरण्यरोदन बनिरहेको छ!

( स्मरण रहोस्, पहिलो फोटोमा देखिने वालुवा/गिट्टिको पहाड प्रमुख प्रतिपक्षी पार्टी निकट ठेकेदारको हो भने दोश्रो फोटोमा देखिने बालुवा/गिट्टिको पहाड सत्ताधारी पार्टी निकट ठेकेदारको हो!)

अब के गर्नुपर्ला ? स्थानीय सरोकारवाला जनसमुदाय र सबै नागरिकहरूको सुझावको अपेक्षा गर्दछु!