नेकपा स्थायी कमिटी बैठकः गुटबन्दी निरूत्साहित गर्न र भ्रष्टिकरण रोक्ने उपाय खोज्न नेतृत्वलाई सुझाव



काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्यहरूले पार्टीभित्र बढ्दै गएको गुटबन्दी अन्त्य गर्न नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथिको छलफलमा भाग लिंदै सदस्यहरुले पार्टीमा चरम गुटबन्दी बढेको भन्दै त्यसलाई अन्त्य गर्नुपर्ने बताएका हुन् । सदस्यहरुले प्रतिवेदनमाथिको छलफलमा भाग लिंदै सकारात्मक सुझाव र आलोचनात्मक टिप्पणी भएको जानकारी दिए ।

उनले भने,‘सबै कमरेडहरुले प्रस्तावलाई मूलभूत रुपमा समर्थन गर्दै त्यसलाई परिमार्जन गर्न आलोचनात्मक रुपमा सुझाव दिनुभयो । पार्टीमा विधि र पद्दतीको पालना गराउने भन्ने कुरामा नै नेतृत्वको ध्यानाकर्षण गराउनुभएको छ ।’ ‘गुटबन्दी कसरी निरूत्साहित गर्ने, भ्रष्टिकरण कसरी रोक्ने र सरकारलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने सुझाव पनि आएका छन्,’ श्रेष्ठले भने।

उनले बैठकमा बोल्ने सदस्यहरुले २०७७ सम्म महाधिवेशन गर्ने प्रस्ताव सही आएको भन्दै केन्द्रीय कमिटी बैठक बसेर त्यसलाई सम्पन्न गर्न कार्ययोजना बनाउनुपर्ने सुझाव दिएका जानकारी दिए ।

सोमबारको बैठकमा बामदेव गौतम, अष्टलक्ष्मी शाक्य, गणेश शाह, योगेश भट्टराई, छविलाल विश्वकर्मा, युवराज ज्ञवाली, भीम रावल, देव गुरूङ, पम्फा भुसाललगायत १२ जनाले धारणा राखेका थिए ।

स्थायी कमिटी सदस्यका लागि छलफलमा भाग लिन २० मिनेटको समय दिइएको थियो । प्रस्तावहरूमाथि मंगलबार पनि छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अख्तियारद्वारा एमडीएमएस खरिद प्रकरणमा २० जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग

राष्ट्रियसभा उपाध्यक्ष अर्याललले दिइन् पदबाट राजीनामा

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । उनले बिहीबार

निराशा चिर्ने र भरोसा जगाउने चुनौती छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक आर्थिक वर्षमा बजेट मागिरहने तर पुँजीगत

राप्रपाले इलाम-२ मा लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इलाम क्षेत्र नम्बर २ मा लक्ष्मी