बेलायतमा प्रधानमन्त्री बोरिस जोनसनलाई बहुमत



बोरिस जोनसन ब्रिटिश प्रधानमन्त्रीका रूपमा डाउनिङ स्ट्रीट फर्कने निश्चित भएको छ। बिहीवार भएको निर्वाचनमा उनको कन्जर्भेटिभ पार्टीले संसद्‍मा स्पष्ट बहुमत सङ्ख्या पुर्‍याइसकेको छ।

‘नम्बर टेन’ भनेर चिनिने प्रधानमन्त्री कार्यालयमा यसअघि उनी टरिजा मेलाई विस्थापित गर्दै आएका थिए। कन्जर्भेटिभ पार्टीको नेताको रूपमा उनी त्यसबेला एक लाख ६० हजार पार्टी सदस्यहरूमार्फत् मात्र छानिएको भनेर आलोचना हुनेगर्छ।

बिहीवार सम्पन्न आमनिर्वाचनमार्फत् अहिले भने उनलाई, उनको दललाई र उनले लिएको नीतिलाई मतदाताहरूले छानेका छन्। जोनसनले विभाजित विचार र उत्तेजनात्मक विवादहरूका बीचबाट आफ्नो करिअर तय गरेका हुन्।

पहिले उनी पत्रकार थिए र पछि नेता भए। पार्टीको नेतृत्वमा जित हासिल गरेपछि धेरैले उनलाई शक्तिमा रहिरहन पर्याप्त दक्षता नहुने सोचेका थिए। तर जोनसनले त्यसलाई गलत साबित गरिदिए।

बोरिस जोनसनले आफूलाई यूरोसेप्टिक भनिने युरोपेली एकताको विरोधीका रूपमा व्याख्या गर्छन्। तर त्यसो भएपनि उनलाई पृथकतावादीको श्रेणीमा राख्न समेत कठिन हुन्छ।

टर्किस पत्रकारका पनाती जोनसन आफ्ना कूटनीतिज्ञ बुवा र कलाकार आमाको सन्तानको रूपमा न्यूयोर्कमा जन्मिए। संयुक्त अधिराज्यमा फर्कनुअघि उनको परिवार अमेरिका र ब्रसल्समा बसेको थियो।

कुलीनहरूका सन्तान पढ्ने इटन बोर्डिङ् स्कुलमा उनी पढेका थिए। त्यही उनले अहिलेको अव्यवस्थित र सनकी व्यवहारहरू विकास गरे। उनी अक्सफोर्ड विश्वविद्यालय गए र अक्सफोर्ड युनियन डिबेटिङ सोसाइटीका अध्यक्ष भए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
म्यान्माको म्यावाडी पुनः सेनाको नियन्त्रणमा

जातीय विद्रोही र म्यान्माको सैन्य शासक (जुन्टा) विरोधी लडाकुहरूको गठबन्धनले यसै महिना कब्जा

डुङ्गा दुर्घटना हुँदा १६ आप्रवासीको मृत्यु, २८ बेपत्ता

अफ्रिकी राष्ट्र जिबुटी तटीय क्षेत्रमा भएको पछिल्लो डुङ्गा दुर्घटनामा परी कम्तीमा १६ आप्रवासीको

एमालेका कारण सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार र सरकारको स्थायित्वका बारेमा आशङ्का

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ । नेकपा (एकीकृत समाजवादी)पार्टी,

विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारी अमिरलाई राष्ट्रपति पौडेलको आग्रह

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका नेपाली विद्यार्थी विपिन