फेरि प्रधानमन्त्री ओलीको डायलासिस



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पताल लगिएको छ । उनलाई नियमित डायलाइसिसका लागि मंगलबार साँझ महाराजगञ्‍जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर लगिएको उनका प्रेस सल्लाकार सूर्य थापाले ट्विटरमार्फत जानकारी गराएका छन् ।

प्रधानमन्त्री ओली आजै निवास फर्किनेसमेत जनाइए पनि अहिले उनको डायलाइसिस भइरहेको छ । उनी अहिले अस्पतालमै छन् ।

उनले ट्विटमा लेखेका छन्, “सम्माननीय प्रधानमन्त्री नियमित डाइलासिसका निम्ति साँझ मनमोहन सेन्टर महाराजगन्ज जानु भएको छ। उहाँ आजै निवास फर्कनुहुनेछ ।”

यसअघि मंसिर १० गते एपेन्डिसाइटिसको अपरेशन गरेका प्रधानमन्त्री ओलीलाई मंसिर १९ गते बिहीबार दिउँसो डिस्चार्ज गरिएको थियो । डिस्चार्जपछि प्रधानमन्त्री ओली बालुवाटारमा आराम गर्दै आएका थिए । आजै प्रधानमन्त्रीले भिडियो सन्देशमार्फत १३ औं साग सम्पन्न गर्न संलग्नल सम्पूर्णलाई बधाई तथा धन्यवाद व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय

आगलागीबाट यसरी सखाप भयो महोत्तरीको मटिहानीको एक बस्ती(फोटोफिचर)

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिका– ६ स्थित जरलहवा बस्तीमा भीषण आगलागी भएको छ।

कति उपलब्धिमुलक रह्यो कतारका अमिरको नेपाल भ्रमण ?

काठमाडौं । कतारका अमिर शेख तमिम विन हमाद अल थानीले यही वैशाख ११

कर्णाली प्रदेशमा माओवादीका रणसिंह परियार मन्त्री नियुक्त

कर्णाली । कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रका रणसिंह परियार विनाविभागीय मन्त्री नियुक्त भएका