फेरि प्रधानमन्त्री ओलीको डायलासिस



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पताल लगिएको छ । उनलाई नियमित डायलाइसिसका लागि मंगलबार साँझ महाराजगञ्‍जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर लगिएको उनका प्रेस सल्लाकार सूर्य थापाले ट्विटरमार्फत जानकारी गराएका छन् ।

प्रधानमन्त्री ओली आजै निवास फर्किनेसमेत जनाइए पनि अहिले उनको डायलाइसिस भइरहेको छ । उनी अहिले अस्पतालमै छन् ।

उनले ट्विटमा लेखेका छन्, “सम्माननीय प्रधानमन्त्री नियमित डाइलासिसका निम्ति साँझ मनमोहन सेन्टर महाराजगन्ज जानु भएको छ। उहाँ आजै निवास फर्कनुहुनेछ ।”

यसअघि मंसिर १० गते एपेन्डिसाइटिसको अपरेशन गरेका प्रधानमन्त्री ओलीलाई मंसिर १९ गते बिहीबार दिउँसो डिस्चार्ज गरिएको थियो । डिस्चार्जपछि प्रधानमन्त्री ओली बालुवाटारमा आराम गर्दै आएका थिए । आजै प्रधानमन्त्रीले भिडियो सन्देशमार्फत १३ औं साग सम्पन्न गर्न संलग्नल सम्पूर्णलाई बधाई तथा धन्यवाद व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रियसभा उपनिर्वाचनमा उम्मेदवारको जीत सुनिश्चित हुने गरी छलफल अघि बढाउने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभाका निर्वाचनमा पार्टीका उम्मेदवारको जीत सुनिश्चित हुने गरी जनप्रतिनिधि

प्रतिनिधिसभाका चार सांसदलाई कोरोना संक्रमण

काठमाडौँ । प्रतिनिधिसभाका ४ सदस्य र संघीय संसद् सचिवालयका २ कर्मचारीमा कोरोना संक्रमण

अस्पताल, सुरक्षा जाँच लगायतका सार्वजनिक ठाउँलाई निसंक्रमण गर्दै महानगर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अस्पताल, सुरक्षा जाँच र कार्यालयजस्ता व्यक्तिहरु आवतजावत हुने ठाउँ,

राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली शीतल निवासमा

काठमाडौं । प्रधानमन्त्री केपी ओली शर्मा राष्ट्रपति भेट्न शीतल निवास गएका छन् ।