दिल्लीमा आगलागी: मृत्यु हुनेको संख्या ४३ पुग्यो



भारतीय राजधानी दिल्लीस्थित एउटा भवनमा आगो लाग्दा ज्यान गुमाउनेहरूको सङ्ख्या ४३ पुगेको अधिकारीहरूले जनाएका छन्।

दिल्ली दमकल विभागका प्रमुख अतुल गर्गले ६३ जनालाई घटनास्थलबाट निकालिएको र ती मध्ये ४३ जनाको मृत्यु भएको जानकारी दिए।

लोक नायक अस्पतालकी डा. रितु सक्सेनाले बीबीसीलाई बताए अनुसार कैयौँ घाइतेहरूको उपचार भइरहेको छ। घटनास्थल पुगेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मृतकका परिवारलाई राहत स्वरुप १०-१० लाख भारु दिने घोषणा गरेका छन्।

घाइतेहरूको उपचार गरिने र उनीहरूलाई पनि एक-एक लाख राहत रकम दिने उनको भनाइ छ। दिल्लीको पुरानो बजार क्षेत्रमा रहेको छ तल्ले भवनमा बिहान सबेरै आगो लागेको हो। कारणबारे अनुसन्धान भइरहेको अधिकारीहरूले जनाएका छन्।

प्रमुख गर्गका अनुसार उद्धार कार्य जारी छ। उनले भने, “साँघुरो गल्ली भएकाले दमकल र एम्बुलेन्स भित्र जान सकिरहेका छैनन्। त्यसैले उद्धारकर्ताहरूले घाइतेलाई बोकेर बाहिर ल्याइरहेका छन्।”

घटनास्थलमा परिचालित एक अधिकारीले आगो नियन्त्रणमा लिइएको जानकारी दिएका छन्। आगो लागेको बहुतल्ले भवनभित्र दर्जनौँ सङ्ख्यामा कामदारहरू सुतिरहेका थिए।

उक्त भवनमा प्लास्टिकका खेलौना बनाउने गरिएको बताइएको छ। ज्यान गुमाउनेहरूमा धेरैजसो १५ देखि २० वर्षका रहेको नाम खुलाउन नचाहने एक प्रहरी अधिकारीले बीबीसीलाई बताए।

घटनाप्रति प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले दुख व्यक्त गरेका छन्। आगलागीको कारणबारे अनुसन्धान भइरहेको बताइएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पूर्वाधार विकासका काम लगभग पूरा हुने चरणमा छ, अब रोजगारीका अवसर सृजना गर्ने योजना बनाऔंः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन, उत्पादकत्व र उद्यमशीलता वृद्धिगरी गरिबी निवारणलाई

कुशासनविरुद्ध एकीकृत समाजवादीद्वारा आन्दोलन घोषणा

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । शुक्रबार काठमाडौंमा

किन चाहियो पूर्वविशिष्टलाई आजीवन सुविधा ?

काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले पूर्वविशिष्टलाई आजीवन सुविधा आवश्यक नभएको बताएका

यस्तो छ सरकारको अवस्थाः आठ महिनामा सात खर्ब ३८ अर्ब आम्दानी गर्दा आठ खर्ब ३९ अर्ब खर्च

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म सरकारको आम्दानीभन्दा खर्च बढी