सरकारले भारतसँग सीमा विवादको विषयलाई स्पष्टसँग राख्न नसकेको चित्रबहादुर केसीको आरोप



काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सरकारले सपना बाँड्ने तर काम नगर्ने प्रवृतिलाई प्रोत्साहन गरेको आरोप लगाएका छन् ।

काठमाडौंमा शनिबार आयोजित साक्षात्कारमा नेता केसीले सरकारले भ्रष्टाचारलाई बढ्वा दिएको आरोप लगाएका हुन् । उनले आग्रह पूर्वाग्रहलाई प्रोत्साहन दिएकाले ३३ केजी सुन काण्ड, वाइडबडीमा अनियमितता, एनसेल काण्ड, नेपाल टेलिकमको फोरजीमा भएको अनियमितता तथा वालुवाटार जग्गा काण्डका दोषीलाई कारबाही गर्न नसकेको बताए ।

उनले सरकार आफू कमजोर भई काम गर्न नसकेको दोष कर्मचारी प्रशासनलाई लगाएको आरोप समेत लगाए । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालले भारतसँग सीमा विवादको विषयलाई स्पष्टसँग राख्न नसकेको बताए ।

उनले आवश्यक परे नेपाल सीमा विवादको मुद्दालाई लिएर अन्तर्राष्ट्रिय अदालतमा पनि जानपछि पर्न नहुने बताए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता टोपबहादुर रायमाझीले सरकार राष्ट्रियता, सुशासन, विकास र समृद्धिको यात्रामा अघि बढेको बताए ।

उनले जुन स्तरमा काम हुनुपर्ने थियो त्यो स्तरमा नभएपनि प्रतिपक्षी दलले लगाएको आरोपमा सत्यता नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
समृद्धिको आकाङ्क्षा पूरा गर्न लगानी सम्मेलन ऐतिहासिक कोशेढुङ्गा सावित हुनेछः उद्योगमन्त्री भण्डारी(अन्तरवार्ता)

काठमाडौँ । ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ अर्को साता (वैशाख १६ र १७ गते)

‘विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई(अन्तरवार्ता)

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष अशोककुमार राईले राजनीतिक

चीनले नेपालमा सञ्चालन हुने सहायता परियोजनासम्बन्धी समन्वय संयन्त्र गठन गर्ने

काठमाडौँ । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने

दलहरूले शिक्षकलाई संगठन बनाउन लगाउने काम शिक्षा प्रणालीलाई ध्वस्त पार्ने अत्यन्तै गैरजिम्मेवार काम थियो

डा. सूर्यराज आचार्य । दलको संगठन मजबुत बनाउने तथा निर्वाचनमा आफ्नो पक्षमा मत