निजगढ विमानस्थलको काम तत्काललाई यथास्थितिमा राख्न सर्वोच्चको आदेश



काठमाडौं । सर्वोच्च अदालतले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम तत्कालका लागि रोक्न अन्तरकालीन आदेश जारी गरेको छ ।

वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, पूर्वसचिव द्वारिकानाथ ढुङ्गेल, राष्ट्रिय योजना आयोगका पूर्वसदस्य प्रभु बुढाथोकी लगायतले दायर गरेको रिटको पहिलो सुनुवाइ गर्दै न्यायाधीश टङ्कबहादुर मोक्तानको एकल इजलासले यस्तो आदेश दिएको हो ।

सर्वोच्चले मङ्सिर २९ गते दुवै पक्षलाई छलफलका लागि बोलाइएको र त्यसले नै अन्तरिम आदेश जारी गर्ने वा नगर्ने निक्र्यौल गर्ने सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए ।

सरकारले बारामा प्रस्तावित निजगढ अन्तर्रा्ष्ट्रिय विमानस्थल बनाउने योजना अघि बढाइएदेखि नै वातावरणविद् लगायत कतिपय पूर्वप्रशासक समेतले ठूलो सङ्ख्यामा रूख काटिने र वन्यजन्तुलाई समेत असर गर्ने भन्दै विरोध गर्दै आएका छन् । विरोधका बीच सरकारले त्यसबारे अध्ययन गर्न समिति समेत गठन गरेको थियो ।

समितिले अहिले बनाउन भनेर काम थालिएको क्षेत्रबाट पाँच(सात किलोमिटर दक्षिणपट्टि विमानस्थल बनाउन हुने भनेर सुझाव दिएको थियो । रिट निवेदकहरूले पनि त्यही प्रतिवेदनले सुझाए अनुसारको क्षेत्रमा विमानस्थल बनाउनुपर्ने माग गर्दै रिट दर्ता गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालले पायो भारतको रियल टाइम मार्केटमा बिजुली बेच्ने अनुमति

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले भारतको इनर्जी एक्सचेञ्ज (आइएक्स)को ‘रियल टाइम मार्केट’मा पनि

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनबारे चीनसँग महत्वपूर्ण छलफल भयोः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोरोना महामारी सुरु हुनुभन्दा अगाडि सञ्चालनमा

क्रिकेटर भीम सार्कीका पिताको अनुभवः कहिलेकाहीँ टेलिभिजनमा उसको खेल हेर्दा सपना जस्तै लाग्छ

महेन्द्रनगर । क्रिकेटर भीम सार्कीका बुबा वीरभानले कञ्चनपुरको भीमदत्त नगरपालिका–४ गोवरीयामा साहुजनको जमिन

टेकु दोभानको सन्देश

डा. गोविन्दशरण उपाध्याय । प्राडा त्रिरत्न मानन्धर र दिनेशराज पन्थले संयुक्त रूपमा खोज