रोल्पाको थवाङ, कञ्चनपुरको पुनर्वास र सल्यानको कुमाखमालिकामा नेकपाका उम्मेदवार विजयी



थवाङमा नेकपाका जनकबहादुर बुढामगर विजयी
रोल्पाको थवाङ गाउँपालिका–१ को वडाध्यक्ष पदका लागि शनिबार भएको मतदानमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार जनकबहादुर बुढामगर विजयी भएका छन् । बुढामगर १७४ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका कलमबहादुर रोकामगरले २६ मत प्राप्त गरे । नौ जनाको मत बदर भएको थियो । एक हजार २८४ मतदाता रहेको उक्त वडामा २०९ जनाले मात्रै मतदान गरेका थिए ।

पुनर्वास–३ मा नेकपा विजयी
कञ्चनपुरकोपुनर्वास नगरपालिका–३ मा शनिबार भएको वडाध्यक्ष पदको उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी(नेकपा) विजयी भएको छ । निर्वाचनमा नेकपाका उम्मेदवार कृष्णबहादुर तामाङ निर्वाचित भएका हुन् । नेकपाका तमाङले ५२८ मत प्राप्त गरे भने उनका निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दिपबहादुर तामाङले ३१० मत पाए । कूल एक हजार १९९ मतदातामध्ये निर्वाचनमा ९२४ मतदाताले मतदान गरेका थिए ।

सल्यानको कुमाखमालिकामा नेकपा विजयी

सल्यानको कुमाखमालिका गाउँपालिकाको ५ नम्बर वडाध्यक्षमा नेकपाका उम्मेदवार धर्मे बूढाथोकी ७९२ मतका साथ विजयी भएका छन् । शनिबार भएको वडाध्यक्षको उपचुनावमा बूढाथोेकीका निकटम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवारले २५१ मत पाएका छन् । त्यस्तै राप्रपाले २१ मत पाएको छ भने ६० मत बदर भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जुम्लाबाट प्रतिनिधिसभामा राप्रपा, १(१)मा स्वतन्त्र, १(२)मा एमाले निर्वाचित

जुम्ला । एउटा मात्र प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी

यी हुन् संसदको यात्रा तय गरेका स्वतन्त्र सांसद

काठमाडौँ । मुलुकका प्रमुख राजनीतिक शक्ति निर्वाचनको परिणाम आफ्नो पक्षमा ल्याउन गठबन्धन गरे

समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीलाई माओवादीले उछिन्यो

काठमाडौं । मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउनेक्रम

रुपन्देही-३ मा दीपक बोहोरा विजयी, गृहमन्त्री खाण पराजित

रुपन्देही । मङ्सिर ४ गते सम्पन्न रुपन्देही क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा निर्वाचनमा