थवाङमा नेकपाका जनकबहादुर बुढामगर विजयी
रोल्पाको थवाङ गाउँपालिका–१ को वडाध्यक्ष पदका लागि शनिबार भएको मतदानमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार जनकबहादुर बुढामगर विजयी भएका छन् । बुढामगर १७४ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका कलमबहादुर रोकामगरले २६ मत प्राप्त गरे । नौ जनाको मत बदर भएको थियो । एक हजार २८४ मतदाता रहेको उक्त वडामा २०९ जनाले मात्रै मतदान गरेका थिए ।
पुनर्वास–३ मा नेकपा विजयी
कञ्चनपुरकोपुनर्वास नगरपालिका–३ मा शनिबार भएको वडाध्यक्ष पदको उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी(नेकपा) विजयी भएको छ । निर्वाचनमा नेकपाका उम्मेदवार कृष्णबहादुर तामाङ निर्वाचित भएका हुन् । नेकपाका तमाङले ५२८ मत प्राप्त गरे भने उनका निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दिपबहादुर तामाङले ३१० मत पाए । कूल एक हजार १९९ मतदातामध्ये निर्वाचनमा ९२४ मतदाताले मतदान गरेका थिए ।
सल्यानको कुमाखमालिकामा नेकपा विजयी
सल्यानको कुमाखमालिका गाउँपालिकाको ५ नम्बर वडाध्यक्षमा नेकपाका उम्मेदवार धर्मे बूढाथोकी ७९२ मतका साथ विजयी भएका छन् । शनिबार भएको वडाध्यक्षको उपचुनावमा बूढाथोेकीका निकटम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवारले २५१ मत पाएका छन् । त्यस्तै राप्रपाले २१ मत पाएको छ भने ६० मत बदर भएको छ ।

प्रतिक्रिया