चर्को छुटको पनि विरोध !



नारायण गाउँले ।

चर्को महँगीको विरोध त हुन्छ नै, तर सामानमा पाइने चर्को छुटको पनि विरोध भएको सुन्नुभएको छ ? त्यो पनि उपभोक्ताले ?
फ्रान्समा वस्तु तथा सेवामा दिइने अत्यधिक छुटको विरोध हुँदो रहेछ । अस्वाभाविक सस्तो हुँदा अनावश्यक खपत बढ्ने र वातावरणलाई ठूलो असर पुग्ने भनेर त्यहाँ यस्तो छुटको भयङ्कर विरोध गरिने रहेछ ।

अमेरिका र युरोपका धेरै देशमा आजको दिन ‘ब्ल्याक फ्राइडे’ का रूपमा चर्चित छ र यो दिन किनमेलमा ७०% सम्म छुट पाइने हुनाले खरबौं रुपियाँको व्यापार हुने गरेको छ । हिजो अर्थात् नोभेम्बर महिनाको चौथो बिहिबार कृषक र भगवान् लाई धन्यवाद ज्ञापन गरेपछि त्यसको भोलिपल्टको शुक्रबारलाई ‘ब्ल्याक फ्राइडे’ भनिन्छ र यस दिन व्यापक रूपमा किनमेल हुने गर्दछ । अमेरिकामा आजमात्रै ६ अर्ब डलरको कारोबार हुने अनुमान छ । धेरै मान्छे किनमेलका लागि आजको दिन पर्खिने गर्दछन् ।

तर फ्रान्समा भने यस्तो छुटविरुद्ध अभियान चल्दो रहेछ । अर्को वर्षदेखि फ्रान्सले ‘ब्ल्याक फ्राइडे सेल’लाई नै प्रतिबन्ध लगाउन सक्ने खबर पढ़ियो । त्यहाँ वर्षमा दुई पल्टमात्रै यसखाले छुट दिन पाइने नियम रहेछ । आज पनि त्यहाँ अमेजनलगायतका ठूला विक्रेताहरूको गेट अगाडि अभियन्ताहरू जम्मा भएर कारोबार ठप्प पारेको समाचार छ ।

सस्तो भएपछि आवश्यक नपर्ने सामान पनि किनिने, उत्पादन बढ्दा गरिब देशको प्राकृतिक स्रोतसाधनको अत्यधिक दोहन हुने, काम लाग्ने र केही वर्ष अझै चल्ने सामान पनि फ़्याँकिने र एकदुई पल्ट छुट दिनका लागि वर्षभर महँगोमा सामान बेचिने लगायतका तर्कहरू त्यसका पछाडि दिइने रहेछ । फ्रान्समैं बस्नेहरूको प्रतिक्रिया पढ्न पाइन्छ कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तीनसय ९५ जनाले गरे सगरमाथा आरोहण

काठमाडौं । वसन्त ऋतुको जारी हिमाल आरोहणमा हालसम्म ३९५ जनाले सगरमाथा आरोहण गरेका

डा. विश्व पौडेल नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा अर्थविद् डा. विश्व पौडेल नियुक्त भएका छन्

त्रिविको उपकुलपति छनोटका लागि समिति गठन

काठमाडौँ । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति छनोटका

रविको बन्दी प्रत्यक्षीकरणको रिट ‘हेर्दाहेर्दै’मा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट ‘हेर्दाहेर्दै’मा राखिएको