उपनिर्वाचनअन्तर्गत मतदान जारी, कास्कीमा मतदानस्थल नजिकै बम विष्फोट



काठमाडौं । उपनिर्वाचनअन्तर्गत तीन तहका रिक्त ५२ पदका लागि मतदान जारी छ । उपनिर्वाचन हुने स्थानमा आज बिहान ७ बजेबाट मतदान सुरु भएको हो ।

मतदाताले अपराह्न ५ बजेसम्म मतदानस्थल पुगेर मतदान गर्न सक्नेछन् । प्रतिनिधिसभाको १, प्रदेशसभाको ३ र स्थानीय तहका ४८ स्थान रिक्त छन् । तत्कालीन पर्यटन मन्त्री तथा कास्की क्षेत्र नं. २ का सांसद् रवीन्द्र अधिकारीको निधन भएपछि यो स्थान रिक्त छ । त्यस्तै, प्रदेशसभाको भक्तपुर १(क), बागलुङ २(ख), दाङ ३(ख) मा पनि आज मतदान भइरहेको छ ।

स्थानीयतर्फ सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुखका लागि मतदान भइरहेको छ । पाँचथरको फाल्गुनन्द, संखुवासभाको मकालु र महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष तथा हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पद पनि रिक्त छ । त्यस्तै, नगरपालिका तथा गाउँपालिकाका रिक्त ४३ वडाध्यक्ष पदका लागि पनि आज मतदान भइरहेको छ ।

रिक्त यी पदका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ३ सय ३७ उम्मेदवार चुनावी मैदानमा छन् ।
यसैबीच, कास्की क्षेत्र नं. २ को मतदानस्थल नजिकै बम विस्फोट भएको छ ।

पोखरास्थित नयाँबजारको नवप्रभात माध्यमिक विद्यालयमा रहेको मतदानस्थलनजिकै बम विस्फोट भएको हो । मतदान भइरहेका बेला कसैले माथिबाट बम फालेको र विस्फोट भएको बताइएको छ । बम विस्फोट भएपछि उक्त मतदानस्थलको मतदान केहीबेर रोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आज मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्रीको तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सरकार विस्तार गर्ने भएका छन् ।

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज पार्टीको केन्द्रीय कार्यसम्पादन

नेपाली सेना र अमेरिकी सेनाबीच द्विपक्षीय सम्वाद

काठमाडौं । नेपाली सेना र संयुक्त राज्य अमेरिकी सेनाबीच चौथो संस्करणको स्थल सेनासम्बन्धी

रसुवागढी-केरुङ नाकामा दुईतर्फी पूर्णरूपमा सञ्चालन गर्ने सहमति

काठमाडौं । रसुवागढी/केरुङ नाकामा दुईतर्फी व्यापार र जनताको आवतजावत पूर्णरूपमा सञ्चालन गर्ने सहमति