उपनिर्वाचनअन्तर्गत मतदान जारी, कास्कीमा मतदानस्थल नजिकै बम विष्फोट



काठमाडौं । उपनिर्वाचनअन्तर्गत तीन तहका रिक्त ५२ पदका लागि मतदान जारी छ । उपनिर्वाचन हुने स्थानमा आज बिहान ७ बजेबाट मतदान सुरु भएको हो ।

मतदाताले अपराह्न ५ बजेसम्म मतदानस्थल पुगेर मतदान गर्न सक्नेछन् । प्रतिनिधिसभाको १, प्रदेशसभाको ३ र स्थानीय तहका ४८ स्थान रिक्त छन् । तत्कालीन पर्यटन मन्त्री तथा कास्की क्षेत्र नं. २ का सांसद् रवीन्द्र अधिकारीको निधन भएपछि यो स्थान रिक्त छ । त्यस्तै, प्रदेशसभाको भक्तपुर १(क), बागलुङ २(ख), दाङ ३(ख) मा पनि आज मतदान भइरहेको छ ।

स्थानीयतर्फ सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुखका लागि मतदान भइरहेको छ । पाँचथरको फाल्गुनन्द, संखुवासभाको मकालु र महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष तथा हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पद पनि रिक्त छ । त्यस्तै, नगरपालिका तथा गाउँपालिकाका रिक्त ४३ वडाध्यक्ष पदका लागि पनि आज मतदान भइरहेको छ ।

रिक्त यी पदका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ३ सय ३७ उम्मेदवार चुनावी मैदानमा छन् ।
यसैबीच, कास्की क्षेत्र नं. २ को मतदानस्थल नजिकै बम विस्फोट भएको छ ।

पोखरास्थित नयाँबजारको नवप्रभात माध्यमिक विद्यालयमा रहेको मतदानस्थलनजिकै बम विस्फोट भएको हो । मतदान भइरहेका बेला कसैले माथिबाट बम फालेको र विस्फोट भएको बताइएको छ । बम विस्फोट भएपछि उक्त मतदानस्थलको मतदान केहीबेर रोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमाले केन्द्रीय सदस्य पासाङ शेर्पा पक्राउ

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा पक्राउ परेका छन् । बहुविवाहको

‘ओलीको वरिपरि फेरि नेपाली कांग्रेसको एउटा खेमा घुमिरहेको छ’

काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टीभित्र फेरि पनि केपी शर्मा ओलीको

‘नेपाली कम्युनिष्ट पार्टी’ को मार्ग निर्देशित सिद्धान्त माक्सवाद र लेनिनवाद हुने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) राष्ट्रिय महाधिवेशन आयोजक समितिको पूर्ण बैठकले नयाँ पार्टीको

रेडियो चोरेको अभियोगमा स्याङ्जाका ७० वर्षीय वृद्ध ४७ वर्षपछि पुगे जेल

काठमाडौं । रेडियो चोरीको अभियोगमा स्याङ्जाका ४७ वर्षपछि ७० वर्षीय एक वृद्ध अहिले