अब सुदृढ राष्ट्रिय एकता जरुरी छः प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनमत निर्माणमा बिचार र राजनीतिको भूमिका महत्वपूर्ण हुने बताएका छन् । नेपाल चाइना मिडिया फोरमले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘जनमत निर्माणमा सञ्चारको भूमिका प्राथमिक रहेकाले यसको सदुपयोग मुख्य हो ।’

उनले अन्तरदेशीय जनमत सिर्जना गर्नका लागि सकारात्मक भूमिका निर्वाह गर्न समेत सञ्चारमाध्यमलाई आग्रह गरे । उनले भने, ‘त्रिपक्षीय सम्बन्धको साझेदारीले मात्र आर्थिक, पुर्वाधार विकासमा टेवा पुग्छ । यो युग कनेक्टिभिटीको यूग हो, यसको सबैभन्दा प्रभावकारी माध्यम सञ्चार हो ।’ प्रचण्डले भने, ‘रोड, हवाई मार्गबाट हुने कनेक्टिभिटीभन्दा सञ्चार माध्यमबाट हुने कनेक्टिङ बढी महत्वपूर्ण हुन्छ ।’

अध्यक्ष प्रचण्डले नेपाल चीन भारत त्रिदेशीय रणनीतिक सम्बन्ध स्थापित गरेर जनस्तरमा सम्बन्ध स्थापित गर्न सके नेपालको आर्थिक प्रगतिमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

एकअर्काे प्रसंगमा लिपुलेक, लिम्पियाधुरा क्षेत्रमा भारत र चीनले मात्र संरचना बनाउने गरेको विषयमा आफूले यसअघि पनि गम्भीर ध्यानाकर्षण गराएको उनले बताए । हाल देखिएको सीमा समस्याको समाधान तीन देशबीच सहमतिका साथ समाधान गर्नुपर्ने अध्यक्ष प्रचण्डको भनाई थियो ।

‘चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणले नेपाल चीनबीचको सम्बन्धको आयाम झनै फराकिलो भएको छ । प्रचण्डले भने, ‘सि जिनपिङ भारत हुँदै नेपाल किन आउनुमयो ? यसको खास महत्व छ ।’ सिको नेपाल भ्रमणपछि धेरै क्षेत्रमा सम्भावनाको ढोका खुलेको र नेपाललाई भरोसा थपिदिएको उनले बताए ।

‘हामी प्रो इणडिया, प्रो चाइना, प्रो अमेरिकन होइनौं, हामी प्रो नेपाल हौ । हामीले हाम्रो देशको हितमा काम गरौं ।’ अध्यक्ष प्रचण्डले अगाडि भने, ‘सबैको साथ र सहयोग लिएर अघि बढौं ।’ उनले एक चीन नीतिमा नेपालको नीति परिवर्तन नहुने प्रतिवद्धता समेत व्यक्त गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विशेष परिस्थितिबाहेक अब हेलिकप्टर प्रयोगमा प्रतिबन्ध, सार्वजनिक खर्चलाई मितव्ययी बनाउन नयाँ मापदण्ड जारी

काठमाडौं । सरकारले सार्वजनिक खर्चलाई मितव्ययी र प्रभावकारी बनाउन नयाँ मापदण्ड जारी गरेको

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गर्ने रास्वपाका नेतासहित तीन जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण गर्ने तीन जनाविरुद्ध ज्यान मार्ने उद्योगमा

अध्यादेशका पक्षमा सत्तापक्ष एकभएर उभिने, कुनै बेमेल नभएको जिकिर

काठमाडौं। सरकारले संसद्मा प्रस्तुत छवटै अध्यादेश संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को बिहीबार बस्ने

अध्यादेश अध्ययन कार्यदलले प्रतिवेदन बुझाएपछि मात्र निर्णय हुन्छः अध्यक्ष यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले अध्यादेशको बारेमा पार्टीको औपचारिक निर्णय भइनसकेको बताएको