गिरिजाप्रसादको पार्टीका नेताहरुले यति झुटो बोल्दा मलाई चिन्ता लाग्छः प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सीमा जस्तो संवेदनशील विषयमा नेपाली कांग्रेसका नेताहरुको बोली सुनेर आफूलाई टिठ लागेको बताएका छन् ।

पोखरामा बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीकै सहमतिमा भारतले नेपालको भूमि मिचेर नयाँ नक्सा सार्वजनिक गरेको भनेर दिएको अभिव्यक्तिले काँग्रेसप्रति टिठ लागेको बताएका हुन् ।

उनले भने,‘१२ बुँदे र शान्ति सम्झौतामा गिरिजाप्रसाद कोइरालासँग हस्ताक्षर गर्ने मै हुँ तर गिरिजाप्रसादकै पार्टीका नेताहरुले यस्तो बोल्दा मलाई चिन्ता लागेर आउँछ ।’ उनले सभापति देउवालाई आत्मसमीक्षा गर्न सुझाव दिए ।

प्रचण्डले पहिलो पटक नेपालमा राष्ट्रियताका विषय सिङ्गो देश एक जुट भएका बेला काँग्रेस नेताहरुले झुटको खेती गरेको भन्दै प्रधानमन्त्रीले सर्वदलीय बैठकमा समेत कालापानी नेपाली भूमि रहेको भन्दै सबैको एक स्वर भएका बेला काँग्रेसले भ्रम छरिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कांग्रेस र जनता समाजवादी पार्टीसँग सहकार्य गर्छौंः माधव नेपाल

काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेस र जनता समाजवादी

विप्लव समूहमाथिको प्रतिबन्ध हटाउने सरकारको निर्णय

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको

ओलीलाई पार्टीबाट कारबाही गरिसकेको संसद सचिवालयलाई प्रचण्डको पत्र

काठमाडौँ । नेकपाको प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री एवं नेकपाको संसदीय दलका नेता केपी शर्मा

नेविसंघको रिले अनसनमा माधव नेपालको समर्थन

काठमाडौं । नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यालयमा गरिरहेको रिले अनसनमा नेकपाको