गिरिजाप्रसादको पार्टीका नेताहरुले यति झुटो बोल्दा मलाई चिन्ता लाग्छः प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सीमा जस्तो संवेदनशील विषयमा नेपाली कांग्रेसका नेताहरुको बोली सुनेर आफूलाई टिठ लागेको बताएका छन् ।

पोखरामा बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीकै सहमतिमा भारतले नेपालको भूमि मिचेर नयाँ नक्सा सार्वजनिक गरेको भनेर दिएको अभिव्यक्तिले काँग्रेसप्रति टिठ लागेको बताएका हुन् ।

उनले भने,‘१२ बुँदे र शान्ति सम्झौतामा गिरिजाप्रसाद कोइरालासँग हस्ताक्षर गर्ने मै हुँ तर गिरिजाप्रसादकै पार्टीका नेताहरुले यस्तो बोल्दा मलाई चिन्ता लागेर आउँछ ।’ उनले सभापति देउवालाई आत्मसमीक्षा गर्न सुझाव दिए ।

प्रचण्डले पहिलो पटक नेपालमा राष्ट्रियताका विषय सिङ्गो देश एक जुट भएका बेला काँग्रेस नेताहरुले झुटको खेती गरेको भन्दै प्रधानमन्त्रीले सर्वदलीय बैठकमा समेत कालापानी नेपाली भूमि रहेको भन्दै सबैको एक स्वर भएका बेला काँग्रेसले भ्रम छरिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमाले केन्द्रीय सदस्य पासाङ शेर्पा पक्राउ

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा पक्राउ परेका छन् । बहुविवाहको

‘ओलीको वरिपरि फेरि नेपाली कांग्रेसको एउटा खेमा घुमिरहेको छ’

काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टीभित्र फेरि पनि केपी शर्मा ओलीको

‘नेपाली कम्युनिष्ट पार्टी’ को मार्ग निर्देशित सिद्धान्त माक्सवाद र लेनिनवाद हुने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) राष्ट्रिय महाधिवेशन आयोजक समितिको पूर्ण बैठकले नयाँ पार्टीको

रेडियो चोरेको अभियोगमा स्याङ्जाका ७० वर्षीय वृद्ध ४७ वर्षपछि पुगे जेल

काठमाडौं । रेडियो चोरीको अभियोगमा स्याङ्जाका ४७ वर्षपछि ७० वर्षीय एक वृद्ध अहिले