पाकिस्तान सरह नेपाललाई हेप्ने भारतीय शैलीविरुद्ध सभापति देउवाको कथन, सत्य वचन



हातमा खबर टिप्पणी ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतले नेपालमाथि पाकिस्तानलाई जस्तै व्यवहार गरेको टिप्पणी गरेका छन् । कालापानी र सुस्ता क्षेत्रलाई विवादित भूमि भनेर मानेको तर अचानक नेपाली भूभागलाई आफ्नो नक्सामा पारेको उनले बताए ।

विराटनगर विमानस्थलमा मंगलवार सञ्चारकर्मीहरुसँग कुरा गर्दै देउवाले भने, कालापानी र सुस्ता विवादास्पद ठाउँ हो भनेर उनीहरुले मानेका हुन् । अहिले अचानक जम्मू कश्मीर हाल्यो, नेपालको पनि हालिदियो । पाकिस्तान र नेपाललाई बराबर जस्तो गरिदियो नि ।’

त्यही कारण आफूहरुले प्रधानमन्त्री ओलीलाई अगाडि बढ्नुस्, हामी साथमा छौं भनेको उनले सुनाए । तर, सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुराको जमिन फिर्ता गराउन सरकारले सार्थक पहल नगरेको सभापति देउवाको आरोप छ ।

सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुराको जमिन फिर्ता गराउन सरकारले सार्थक पहल नगरेको सभापति देउवाको आरोप छ ।

कांग्रेस सभापति देउवाले भने, ‘लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो जमिन हो । तर, सरकारले हाम्रो अतिक्रमित भूमि फिर्ता गराउन कूटनीतिक पहल गरेको देखिएन ।’ पूर्वप्रधानमन्त्री देउवा धरानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्नका लागि पूर्व गएका हुन् ।

यता सोमवार एक निजी टेलिभिजनसंगको अन्तरवार्तामा प्रधानमन्त्री ओलीले चाहिँ सभापति देउवाको पहिलेको आरोपको पनि खण्डन नै गर्न सकेनन् । उनले डा. बाबुराम भटटराई समेतको नाम लिएर शीर्ष नेताहरुलाई वजनदार कुरा गर्न मात्रै आफनो सल्लाह रहेको सुनाए । देउवाले ओलीकै ईशारामा भारतले नेपालको कालापनी क्षेत्र हडपेर नयाँ नक्शा बनाएको हुने सक्ने आशंकापूर्ण अभिव्यक्ति पनि अलिक दिन अघि दिएका थिए, जो निकै बिबादित रह्यो ।

ओलीले चाहिँ सभापति देउवाको पहिलेको आरोपको पनि खण्डन नै गर्न सकेनन् । उनले डा. बाबुराम भटटराई समेतको नाम लिएर शीर्ष नेताहरुलाई वजनदार कुरा गर्न मात्रै आफनो सल्लाह रहेको सुनाए ।

शेरबहादुर देउवा मुलुकको चार पटक सरकार चलाएका अनुभवी पुराना र परिपक्क नेता हुन् । राजनीति र कुटनीतिमा उनले कुरै नबुझी सरकारलाई हल्का रुपमा आरोप मात्रै लगाए भनिहाल्न सकिँदैन । समय उपचुनावको अघि भयो भन्दैमा उनले चुनावी खपतका लागि मात्रै यस्तो गम्भीर सवालमा सरकारलाई आक्षेप लगाएर बोले होलान् भनेर मात्रै हुँदैन । त्यसको भित्री चुरो पनि बुझ्न सक्नुपर्छ ।

डा. बाबुराम भटटराई पनि सरकार चलाईसकेका र भारत मामलालाई निकै नजिक रहेर बुझेका विद्वान नेता हुन् । भारतमा नै पढेका र उतैबाट विद्यावारिधी गरेका डा. बाबुरामले हचुवाका भरमा मात्रै बोलेका हुन् भनेर पत्याईहाल्न सकिन्न । आलोचकहरुले उनलाई भरातीय निकट नै मान्छन् । आफू सरकारमा रहँदा उनले देश चलाउने चाबी अन्तै रहेको भन्दै भारतीय दबाबबारे नयाँ खुलासा नै गरेका थिए ।

मुख्य विपक्षी नेता देउवा र सत्तारुढ दलकै एक नेता बाबुरामका आरोपहरु जे जस्तै भए पनि वर्तमान सरकार सीमा समस्याका बारेमा भारतसंग पहलकदमी लिन सुस्ताएको चाहिँ नाङ्गो सत्य हो । सरकारले सीमा मिचिएकोबारे सरकारले देशभित्र जति दमदार बिरोध गरेको छ, त्यही अनुसार भारतसंग न त पत्राचार गरेको छ, न त औपचारिक विरोध नै गरेको छ ।

मुख्य विपक्षी नेता देउवा र सत्तारुढ दलकै एक नेता बाबुरामका आरोपहरु जे जस्तै भए पनि वर्तमान सरकार सीमा समस्याका बारेमा भारतसंग पहलकदमी लिन सुस्ताएको चाहिँ नाङ्गो सत्य हो ।

सरकारले देशभित्रको विरोध वा फरक मतलाई आफना विरुद्धको राजनीतिक आरोपका रुपमा नबुझेर छिमेकीको हेपाई विरुद्धको आक्रोशका रुपमा लिन र बुझ्न पर्छ । खासमा त भारतविरुद्ध कुनै कदम अघि नबढाएसम्म सरकारले सीमा जोगाउन पहल गरेको ठहर्दैन । यसमा सरकारले देउवा वा भटटराई कसैलाई पनि आलोचना वा गाली गरेर पानीमाथिको ओभानो बन्न मिल्दैन, सक्दैन ।

मंगलवार पनि सभापति देउवाले अति संवेदनशील तर्क गरेका छन् । पाकिस्तानलाई हेपेर जम्मु कश्मिर निलेको भारतले नेपाललाई हेपेर कालापानी हडपेकै हो भनेर उनले साँच्चो तथ्य बोलेका छन् ।

उतातिर जम्मुकश्मिर खाएकै बेला भारतले नेपालको कालापानी आफनो नक्शामा गाभेकै हो । नेपाली जमिनमा भारतीय फौज तैनाथ गरेकै हो । सभापति देउवाले अतिगम्भीर र यथार्थ कुरा गरेका हुन् । यसमा सभापति देउवाको कुरालाई सरकारले विशेष गम्भीर रुपमा लिन सक्नैपर्छ ।

भारतले नेपाल र पाकिस्तानलाई नभनेरै एकै ड्याङ्का मुलाको हेपाहा व्यवहार गरेकै हो । एकै तिरले दुबै देशमाथिको जमिनमाथि कब्जा गरेकै हो । यो सत्य अरुले बुझेर पनि बोल्न सकेनन्, सभापति देउवाले हाक्काहाक्की बोले । यो सत्य बोल्ने सभापति देउवा महान् देशभक्त नेता हुन् । विपक्षी दलका नेताले सरकारलाई खबरदारी मात्रै गर्ने हो, आफैले केही निर्णय गर्न सक्ने, पाउने हैनन् ।

सभापति देउवाले अतिगम्भीर र यथार्थ कुरा गरेका हुन् । यसमा सभापति देउवाको कुरालाई सरकारले विशेष गम्भीर रुपमा लिन सक्नैपर्छ ।

दुनियाँ जान्दछ, भारतले जम्मु कश्मिरमाथि धाबा बोल्दा नेपाल बोलेन । कुनै औपचारिक पतिक्रिया समेत दिएन । फलतः त्यसको जवाफमा भारतले नेपालको कालापानी क्षेत्रलाई नै आफनोमा गाभेर नक्शा सार्वजनिक गर्यो ।

उसले नेपालको जमिन नमिचेको जति दलील पेश गरे पनि कालापानीमाथि जर्बरजस्ती मिच्याई गरेकै हो । हेपेरै नेपाली जमिन आफ्नो पारेको हो ।

यहाँनेर पाकिस्तान र नेपालमाथि भारतले उस्तै हैकम र हेपाहा शैली देखाएकै हो । शक्ति राष्ट्रको दम्भ देखाएकै हो । भारतले जे गरे पनि हुन्छ भन्ने नयाँ शैलीको साम्राज्यवादी हर्कत देखाएकै हो ।

उसले आफैसंग अलग भएर बनेको पाकिस्तानको समान राखेर नेपाल जस्तो पुरानो र ईतिहासमा कहिल्यै कसैको उपनिवेश नबनेको सार्वभौम देशको एक ईन्च जमिन मात्रै पनि यसरी मिच्न पाउँदै पाउँदैन । यस्तोमा सरकार कुरामा सीमित भएर हुँदैन । सरकारको यो शैलीले यो सरकार मुखमा भारतविरोधी र काममा भारतीय गुलाम नै रहेको गलत सन्देश स्थापित भैरहेको छ ।

देउवाले जे कुरा औंल्याए, उनका खाँटी कुरामा सबै जनताले समर्थन दिनुपर्छ, किनकी यो देशको स्वाधिनता र सार्वभौमसत्ताको सवाल हो ।

त्यसकारण देउवाले जे कुरा औंल्याए, उनका खाँटी कुरामा सबै जनताले समर्थन दिनुपर्छ, किनकी यो देशको स्वाधिनता र सार्वभौमसत्ताको सवाल हो । देशको माटोको रक्षा गर्न सभापति देउवाले सरकारलाई गाली र समर्थन तथ्यका आधारमा गरिरहेका छन् । भारतले पाकिस्तानको हैसियतमा नेपाललाई हेप्नु, पेल्नु र जमिन मिच्नु भनेको कहिल्यै सहननसकिने सवाल नै हुन् ।

तितो सत्य बोल्ने सभापति देउवाको यो मामलामा आलोचना गर्नु उनी वा उनको दल विरुद्धको एकांकी आक्रोश मात्रै हुन जान्छ । सत्य बोल्ने देउवाले विपक्षी दलको धर्म पनि निभाएका छन् । आम जनताको भावना पनि समेटेका छन् । पाकिस्तान सरह नेपाललाई हेप्ने भारतीय शैलीविरुद्ध सभापति देउवाको कथन, सत्य वचन नै हो । उनले सरकारलाई दिने सुझाव, दबाब कम्तीमा यो सीमा मिचिएको मामलामा भने सही छ । छैन र ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कांग्रेसको सहकारी र आदिवासी विभागमा दश/दश सदस्य मनोनित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी र आदिवासी जनजाति विभागमा सदस्यहरू

महिला सशक्तीकरणको मुख्य आधार आर्थिक सवलीकरण होः प्रधानमन्त्री

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख आधार आर्थिक

चीनको नजिकको छिमेकी नेपालले पनि जिडिआइको सफलताबाट उल्लेखनीय लाभ उठाउन सक्छः उपाध्यक्ष पौडेल

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले चीनले अघि सारेको वैश्विक विकास प्रयास

दुर्गा प्रसाईंका नाममा रहेको हतियारको इजाजतपत्रबारे छानबिन गर्न समिति गठन

काठमाडौँ । सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईंका नाममा रहेको हतियारको इजाजतपत्र र नवीकरणबारे