भारतको साम्राज्यवादी नीति समाप्त पार्न सबै उपायहरु खोज्नुपर्छ



भरत दाहाल
इजरायल संपूर्ण छिमेकीहरुसँग जुधेर पनि बाँचिरहेको छ । उत्तर कोरियाले छिमेकीहरुसँग लडेरै शिर उँचो पारिरहेको छ । साउदी अरबले छिमेकी कतारसँगको सिमानामा नहर खनेर कतारलाई सामुद्रिक टापुका रुपमा परिणत गर्ने घोषणा गरेको छ ।

ईण्डियन साम्राज्यवादको छिमेकी पाकिस्तानले त्यसलाई चैनसँग सुत्न नदिएर आफूलाई दुनियाँमा स्थापित गरेरै बसेको छ । संसारमा दर्जनौं देशहरु यस्ता छन्, जसले आफ्नो स्वाभिमान र उन्नतिका लागि ’छिमेकीहरुसँगको सम्बन्ध बदल्न नसकिने’ हास्यास्पद मिथकलाई मजाकको गफ बनाईदिएका छन् ।

इण्डियन साम्राज्यवादसँगको नेपालको छिमेकीपन बदलिन्छ, बदल्नै पर्छ । नेपालको सिमानाको चारैतिर नहर खनेर पनि त्यसलाई भौगोलिक सम्बन्धबाट अलग गर्ने दिन आउँछ । एण्डियन जस्ता दुष्टहरु कसैका छिमेकी बन्दैनन् ।

तिनीहरुले छिमेकीमाथि नाकाबन्दी लगाउन हुने, आन्तरिक मामिलामा गुण्डागर्दी गर्दा हुने, अपराधिक कृयाकलापहरु गर्दा हुने, छिमेकी देशभित्र जबर्जस्त सेना राख्दा हुने, नेपालमा चेकपोष्ट राखेर चीन विरुद्ध गतिविधि गर्न हुने, छिमेकीहरुमा युद्ध गराउन हुने, दलालहरु उचालेर आन्दोलन र हिंसा गराउन हुने तर चीनले आफ्नो सम्बन्ध विस्तार गर्न नहुने ? जुन दलहरूलाइ चीनसंग नजिक भएको भनेर इण्डियनहरू बौलाइरहेका छन्, ती तत्वहरूलाई तिनीहरूले आफैले पालेर नेपाल विरूद्ध प्रयोग गरेका होइनन् ? १२ बुँदेमा तिनैहरूले जोडेर सत्तामा ल्याएका होइनन् ? त्यसो गर्दा यीनीहरू खराब थिए कि थिएनन् ?

इण्डियन साम्राज्यवादीहरुलाई समाप्त पार्न जे जे तरिकाहरु अपनाउन सकिन्छ, ती सबै उपायहरु खोज्नु पर्छ । नेपालमा त्यसका विरुद्धको अभियानलाई जारी राख्नु पर्छ । त्यससँग लड्ने तयारी गर्नुपर्छ ।

त्यसका शत्रु देशहरु जति छन्, ती सबैलाई तानेर नेपालमा ल्याउनु पर्छ । इण्डियाभित्र जति पनि स्वतन्त्रता आन्दोलनहरु हुन्छन्, ती सबैलाई समर्थन गर्नुपर्छ । त्यसका सबै छिमेकीहरुको भलाई यसैमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रोल्पाको थबाङमा जीवन शर्माको ‘सिमली छायाँमा…’ प्रचण्डको छमछमी(भिडियोसहित)

रोल्पा । बैतडीको पाटनबाट सुरु गरिएको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल

ग्लोबल छनोटमा पुग्न सफल नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोली स्वदेश फर्किएको छ । आईसीसी महिला

गृह मन्त्रालयका सहसचिव भट्टराई हाजिरी जमानीमा रिहा

काठमाडौँ । गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई रिहा भएका छन् । अख्तियार दुरुपयोग

प्रचण्ड रोल्पाको थबाङ पुग्दा…

रोल्पा । बैतडीको पाटनबाट सुरु गरिएको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल