किन हुँदैन महिला हिंसा न्यूनिकरण ?



महेश श्रेष्ठ ।

प्राचीन कालदेखिनै महिला विभेदमा पारिएका छन्

कानून, प्रशासन, शैक्षिक क्षेत्र लगायतका राज्य सञ्चालनका विभिन्न आयामहरूको विकास हुनु अगावै धेरै लामो कालखण्डमा राज्य सञ्चालन, समाजिक सोचको विकास र व्यक्तित्व निर्माणको सवालमा धार्मिक मान्यताले निकै गहिरो प्रभाव पार्ने गर्दथ्यो । यस्तो धार्मिक मान्यताका सन्दर्भमा पुरूषको हालीमूहामी जुगौंजुगदेखि चल्दै आएको छ । संसारका सबैजसो धार्मिक ग्रन्थका लेखक, तिनको व्याख्याता र धार्मिक मान्यतालाई समाजिक प्रयोगमा ल्याउने सबै कुरा पुरुषले गर्दै आएका हुन् । धेरै लामो समय धार्मिक मान्यता संसारको सर्वमान्य र शक्तिशाली संस्थाका रूपमा सञ्चालनमा आउँदा त्यो संस्थामा पुरुषले अधिपत्य जमाउनाले महिला प्राचीन कालदेखि नै विभेदमा पारिदै आएको हो । शोषित हुँदै आएको हो ।

विवाहको कर्म गर्दा कन्यादान गरिने प्रचलन हिन्दू संस्कारमा छ । निर्जिव वस्तुको पो दान दिन सकिन्छ । तर हिन्दू संप्रदायमा कन्यादान गरिदै आएको छ । दानमा दिइएकै कारण श्रीमानलाई स्वामी भन्न सिकाइयो । घरधन्दा गरेर स्वामीको सेवा गर्ने काममा अब्बल हुने महिलालाई समाजले तारिफ गर्दै आए । हिन्दू संप्रदायका महिलाले पनि हजारौं वर्षसम्म कुशल दासी हुनु नै आफ्नो गर्वको विषय बनाउँदै आए । केही दशक अगाडिसम्म सती प्रथाका नाममा महिलालाई जिउँदै जलाउने गरिन्थ्यो । पुरुषले आफ्नो मृत्यु पश्चात, आफ्नी श्रीमती अरूले भोग गर्लान् भन्ने मानोवैज्ञानिक त्रासका कारण सती प्रथा प्रचलनमा ल्याएको थियो । मुस्लिम समाजमा त झन् अन्य पुरुषले हेर्नसम्म हुँदैन भन्ने सोचका साथ महिलाको अनुहारलाई बुर्काले छोपिदिएका हुन् ।

पुरुषले आफ्नो मृत्यु पश्चात, आफ्नी श्रीमती अरूले भोग गर्लान् भन्ने मानोवैज्ञानिक त्रासका कारण सती प्रथा प्रचलनमा ल्याएको थियो ।

उनीहरूले महिलालाई मस्दिज जान पनि निषेध लगाएका छन् । बुद्धले पनि लामो समयसम्म महिलालाई आफ्नो संघमा आउनुमा बन्देज लगाएका थिए । एकसय वर्षभन्दा केही समय अघिसम्म चीनमा श्रीमतीको हत्या गर्ने श्रीमानलाई कानुनी कारवाही गरिदैनथ्यो । उनीहरूका विचारमा अन्य वस्तु जस्तै श्रीमती पनि मानिसको व्यक्तिगत सम्पति थिए । आफ्नो व्यक्तिगत सम्पतिलाई जेसुकै गरोस्, अरूलाई मतलब हुनुहँुदैन भन्ने मान्यता थियो । यस्तो विभेदपूर्ण संस्कारमा लालनपालन भएकै कारण धेरै युद्धमा समूहका समूह महिलालाई यौन दासी बनाईएका थिए । युद्ध नभएका समान्य समयमा समेत महिलाहरू परिवारका सदस्यहरूकै कारण घरमै असुरक्षित छन् भन्ने कहाली लाग्दा तथ्याङ्कहरू बारम्बार सार्वजनिक हुने गरेका छन् ।

अन्तर्राष्ट्रिय र राष्ट्रिय सन्दर्भमा केही दशक यता लैङ्गिक समानतायुक्त समाज निमार्णमा पर्याप्त पहल भएका छन् । तर निरन्तरको प्रयासका बाबजुत हरेक पटक परिणाम केलाउँदा हामी जहाँको त्यहीं छौं । किन त बारम्बारका यस्ता प्रयासहरू वालुवामा पानी सरह भएका छन् त ?यसको पहिचान हुनु जरुरी छ ।

पुरुष र महिलाका फरक गुणधर्म

लंगिकताको मूल आयाम शारीरिक वनावट नभई पुरुष र महिलाबीचको मानसिक गुणधर्म हो । मानसिक रूपमा महिला र पुरुष फरक छन् तर भिन्न भिन्न आयामका समान मानिस हुन् । आजको युगमा संसारमा पुरुषत्वको जति आवश्यक छ नारीत्वको आवश्यकता अभैm बढी छ । तर दुर्भाग्यको कुरा आज पुरुषको गुणलाई बढी महत्व दिनु र नारीका गुणलाई उपेक्षा गरिनुले महिला विभेदमा परेका हुन् । महिला हिंसाका शिकार भएका हुन् ।

गुणात्मक रूपमा महिला र पुरुष किन भिन्न छन् भन्दा प्रकृतिले महिलालाई बच्चा जन्माउने अभिभारा दियो । अनि मानव विकासक्रमको लाखौं वर्षदेखि पुरुषको दायित्व भनेको खानेकुराको जोहो गर्नु र परिवारका सदस्यको सुरक्षा गर्नुपर्ने हुँदै आयो । लाखौं वर्षको भिन्न जीवनचर्याका कारण महिला र पुरुषको शारीरिक बनावट र मानसिक अवस्था पनि फरक रूपमा विकसित हुँदै गयो ।

पुरुष महत्वाकांक्षी हुन्छन्, शक्ति, धन, सम्मान, प्रसिद्धि, पद, प्रतिष्ठा आदिको । महत्वकांक्षाले प्रतिस्पर्धी बनाउँछ । प्रतिष्पर्धाले हिंसालाई जन्माउँछ । अर्थात् पुरुष प्राकृतिक रूपमै हिंस्रक हुन्छन् । तर महिला प्राकृतिक रूपमा महत्वकांक्षी हुँदैनन् । नौ महिनासम्म बच्चालाई गर्भमा राखेर जन्म दिई बडो स्नेहपूर्वक हुर्काउनु पर्ने भएको हुँदा प्राकृतिक रूपमै महिला कोमल हृदयका हुन्छन् । वास्तवमा महिला र पुरुष मानसिक रूपमा भिन्न मात्र होइन विपिरित नै छन् ।

लैंगिक सवालमा शिक्षाको दोष

लैंगिकताका सवालमा मानव समाजले गरेको गम्भीर गल्ती भन्नु पुरुष गुणलाई दिनदिनै परिस्कृत बनाइरहँदा महिलाका गुणलाई परिस्कृत गर्ने सवालमा उदासिनता देखाउनु हो । यस्तो कसरी हुँदै छ त ?

मानवीय क्षमतालाई परिस्कृत गर्ने विभिन्न समाजिक संस्था मध्ये शैक्षिक संस्था प्रमुख हो । लैंगिकताका सवालमा मानव इतिहासकै सबैभन्दा गम्भीर गल्ती भनेको लामो समयसम्म पुरुषका लागि शैक्षिक संस्थाहरूको उपलब्धता भइरहँदा महिलालाई अध्ययनबाट वञ्चित गरिनु थियो । केही दशक अघिबाट मात्रै महिलालाई पढ्न दिइएको हो । तर आज आधुनिक समयमा अर्को गम्भीर त्रृटि गरिएको छ । लामो समयदेखि शैक्षिक संस्थाका अध्ययन सामग्री र व्यवस्थाहरू पुरुषका लागि पुरुषपरक गुणधर्म विकासका लागि गरिदै आएको थियो । यसरी सञ्चालित शैक्षिक संस्थामा पुरुषलाई जे अध्ययन गराउँछ, त्यस्तै विषय महिलालाई अध्ययापन गराउनु महिलाका गुणधर्म विकासका सन्दर्भमा वाधक मात्रै नभई हानिकारक नै छ ।

महिला सशक्तिकरणको पक्षमा लगातरको दवाव खप्न नसकेर एउटा ठूलो षड्यन्त्र गरियो । लैंगिक समानताका नाममा महिलालाई अध्ययन गर्न दिए । कतिपय सन्दर्भमा महिलालाई शिक्षा अनिवार्य गराईयो । तर दुर्भाग्य पुरुषको मष्तिस्कको प्रवृद्धि अनुकुल तयार पारिएको पाठ्यसमाग्री नै महिलालाई अध्यापन गराउन थालियो । समानताको अर्थ आफूमा भएको गुणको विकासका लागि समान मौका पाउनु हो । तर समानतालाई महिला र पुरुष एकै खालका हुन् भन्ने सन्दर्भमा बुझाईयो । महिला र पुरुषलाई एकै प्रकारको शिक्षाद्वारा प्रशिक्षित गरिरहँदा लामो समयदेखि महिलामा जवरजस्त रूपमा पुरुषको गुणको विकास गरिदै गर्दा र उसमा भएको नारी गुण दमित हुँदै जाँदा, महिला दोस्रो दर्जाको पुरुषमा रूपान्तरित हुँदै छ ।

पुरुषको गुणलाई महत्व र नारी गुणलाई उपेक्षा

आज विश्वले वैज्ञानिक, इञ्जिनियर, डाक्टर, गणितज्ञ, राजनीतिज्ञ, सैनिक,उद्योगी आदिलाई महत्व दिएका छन् । नर्स, केयर टेकर, समाजसेवक, नर्तक, संगीतका सर्जक, कलाकार, चित्रकार आदि ओझेलमा पारिएका छन् । कलाकार, गायक तथा सर्जक जसको केही चर्चा हुने गरिएका छन्, तिनीहरुको क्षमता भन्दा बजार मूल्यका आधारमा चर्चा गरिने गरिएको छ ।

आज विश्वले पुरुषका गुणहरूलाई श्रेष्ठतम् मान्दछ । मानिसका लागि हृदयभन्दा मष्तिस्क महत्वपूर्ण भएको छ । भावना भन्दा सूचना, मायाभन्दा महत्वकांक्षा, सहकार्यभन्दा प्रतिष्पर्धा अनि सेवा भन्दा हिंसाले महत्व राखेको छ । त्यसैले आज हिमाल चढ्ने, मार्सल आर्ट्समा दखलता राख्ने, मोटरसाइकलको स्टन्ट गर्ने महिलाको चर्चा हुन्छ । तर नारीका गुणले भरिएको पुरुष गुमनाम मात्र पारिएका छैनन् तिनीहरू ह्याउ नभएको लोग्ने मान्छे भनेर बदनामसम्म गरिएका छन् ।

पुरुषका गुणहरूलाई दिइएका यही महत्वले महिला पनि पुरुष जस्तै वैज्ञानिक, इञ्जिनियर, गणितज्ञ बन्ने प्रतिष्पर्धामा लागेका छन् । राजनीति र सैनिक सेवामा प्रवेश गरेका छन् । शारीरिक बल र हिंसाको आवश्यकता पर्ने क्षेत्रहरूमा समेत महिलालाई सहभागी हुन लालायित देखिन्छन् ।

पुरुषका तुलनामा महिला किन असफल ?

किन त यति बिघ्न लगानी, मेहनत र अवसरका बाबजुत पनि महिला पुरुष समान सफल छैनन् । आरक्षणका बावजुत पुरुषका तुलनामा महिला शक्ति केन्द्रमा निक्कै नै न्यून मात्रामा पुगेका छन् ? पुरुष र महिलाको गुणधर्म फरक छ । जसको जे काम हो त्यसलाई त्यसैमा निपूर्ण बनाएर त्यही काम लगाउनु पर्ने थियो । घोडालाई दौडन दिनुपर्छ र गधालाई भारी बोक्न दिनुपर्छ । गधालाई घोडासँग दौडने प्रतिष्पर्धामा उतारे वा घोडालाई गधासँग भारी बोक्ने प्रतिस्पर्धा गर्न लगाए, त्यो सरासर अन्याय हुनेछ । हो आज पुरुषका प्रवृत्तिका आधारमा महिला र पुरुषबीच प्रतिस्पर्धा गराइएको छ । जसमा महिलाले हार्ने निश्चित छ । यही मापदण्डलाई आधार मानेर महिला पुरुषका तुलनामा कमजोर हुन् भन्ने प्रमाणित गरिंदैछ । जसका कारण प्राकृतिक रूपमा शान्त र शालीन हुनुपर्ने महिलाहरु ठूलो मानसिक तनावमा छन् ।

मानेर महिला पुरुषका तुलनामा कमजोर हुन् भन्ने प्रमाणित गरिंदैछ । जसका कारण प्राकृतिक रूपमा शान्त र शालीन हुनुपर्ने महिलाहरु ठूलो मानसिक तनावमा छन् ।

आज विश्वले पुरुष गुणलाई महत्व दिइरहँदा, मानिस अझै प्रतिष्पर्धी र महत्वाकांक्षी भएका छन् । जसले गर्दा यो संसारमा हिंसा बढ्दैछ । यो संसार अभैm हिंस्रक बन्दैछ भने महिलाविरुद्धको हिंसा न्यूनिकरण कसरी सम्भव हुन्छ ? जबसम्म हिंसाको न्युनिकरण हँुदैन तबसम्म महिलाहरू सुरक्षित हुने छैनन्, किनकी हिंसा जहिले पनि कमजोरमाथि गरिन्छ । अनि आज भइरहेको प्रतिस्पर्धामा पुरुषसँग महिला रूपी दोस्रो दर्जाका पुरुषहरू पराजित भइरहनु पर्ने निश्चित नै छ । अनि पराजितहरू नै हिंसाका शिकार हुन्छन् ।

उपाय के त ?

सर्बप्रथम पुरुषत्वलाई केन्द्रमा राख्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सोचमा परिवर्तन गरि नारित्वलाई पनि समान महत्व दिनुपर्छ । अझ आजको विश्वमा जहाँत्यहीं द्वन्द्व र संघर्ष भएको सन्दर्भमा प्रेम, भाइचारा, सेवा जस्ता नारी गुणको अझ बढी महत्व छ । त्यस्तै महिलालाई उनीहरूकोे प्रवृति अनुरुपको शिक्षा प्रणालीद्वारा प्रशिक्षित गरिनुपर्छ । अनि उनीहरूको पेशा र जिम्मेवारी पनि तत् अनुरुपको हुनुपर्छ ।

यसको अर्थ मष्तिष्क प्रधान शिक्षा पुरुषलाई मात्र दिने र हृदयप्रधान शिक्षा महिलालाई मात्र हिने भन्ने होइन । चुनाव गर्न जो कोही स्वतन्त्र छन् । कोही महिलामा पुरुषका गुण हुन सक्छन् त कोही पुरुषमा महिलाका गुण हुनसक्छ । तर कुरा यति मात्र हो आजको व्यवसायिक शिक्षा प्रणाली सँगसँगै मानिसमा भएका नारी गुण वा मानवीय संवेदनाका गुणहरूलाई संस्थागत रूपमै विकासित गर्ने शिक्षा प्रणालीको विकास गरिनुपर्छ र पेशा तथा जिम्मेवारी पनि तत् अनुरूप नै दिनुपर्छ । तर प्राथमिक तहसम्म महिलालाई विज्ञान र गणित जस्ता विषय पढाउनु आवश्यक पनि छ । अनि हरेक पुरुषलाई पनि केही मात्रमा मानवीय संवेदना तिखार्ने संस्थागत प्रयास गरिनुपर्छ ।

पुरुषले विद्यालय खोल्न सक्छ तर विद्यालयलाई रमाइलो कसले बनाउँछ ? पुरुषले कारखाना खोल्न सक्छ तर कार्मचारीलाई एक सूत्रमा कसले बाँध्न सक्छ ? अवश्य महिलाले ।

वास्तवमा पुरुषलाई दिने शिक्षा साधनको शिक्षा हो । महिलाका शिक्षा साध्यको शिक्षा हुनु जरुरी छ, ताकी उसले पुरुषको अभावलाई परिपूर्ति गर्न सकोस् । पुरुषले भवन बनाउँदा, भवनलाई कसले घर बनाउँछ ? पुरुषले बच्चाको पढाई खर्च हेर्न सक्छ तर उसलाई संस्कार कसले दिन्छ ? पुरुषले बाटो बनाउँदा त्यसको वरिपरी बगैंचा कसले बनाउँछ ? पुरुषले विद्यालय खोल्न सक्छ तर विद्यालयलाई रमाइलो कसले बनाउँछ ? पुरुषले कारखाना खोल्न सक्छ तर कार्मचारीलाई एक सूत्रमा कसले बाँध्न सक्छ ? अवश्य महिलाले । यो संसारमा पुरुष र महिलाका गुण धर्मको सँगसँगै विकास गरिनुपर्छ । महिला र पुरुषले सार्थक रुपमा शिक्षित हुने अवसर पाउनुपर्छ । अनि मात्र संसारमा भइरहेको हिंसामा अंकुश लाग्छ । आगोको लप्कालाई शान्त पार्न पानी नै चाहिन्छ । पुरुषत्वसँग नारित्वको सम विकासले लैंगिक समानतापूर्ण समाज निर्माण गर्न मात्र सहयोग पुर्याँउँदैन, समग्र विश्व शान्तिमा पनि अतुलनीय टेवा पुर्याउन सक्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विश्वमा दुई करोड ४८ लाख मानिस कोरोना संक्रमणमुक्त

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमितमध्ये २ करोड ४८ लाख भन्दाबढी उपचार

नेपालगंज मेडिकल कलेजमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु

नेपालगंज । नेपालगन्ज मेडिकल कलेजमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

के नेपालमा कुनै व्यक्तित्व राष्ट्र निर्माता वा राष्ट्रपिता नभएकै हो त ?

भीम उपाध्याय । नेपालमा राजतन्त्रको पालामा कार्यालयहरूमा एकताका प्रतिक मानेर राजारानीको तस्बिर हुने

ओम्नीलाई कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले ओबिसिआई प्राइभेट लिमिटेड (ओम्नी) लाई सार्वजनिक अनुगमन खरीद कार्यालयबाट