मंगलबारसम्म अतिरिक्त शुल्क फिर्ता नगरे मेडिकल संचालकलाई पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन



काठमाडौं । गृह मन्त्रालयले चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीबाट असुल गरेको अतिरिक्त शुल्क मंगलबारसम्ममा फिर्ता नगरे कलेज सञ्चालकलाई पक्राउ गरी ठगीमा मुद्दा चलाउन प्रहरीलाई निर्देशन दिएको छ ।

गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री गिरीराजमणी पोखरेल, महान्यायाधिवक्ता अग्नीप्रसाद खरेल र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबीच सोमबार गृहमन्त्रालयमा भएको छलफलपछि कलेज सञ्चालकहरुलाई शुल्क फिर्ता गर्न मंगलबारसम्मको अन्तिम अल्टिमेटम दिइएको हो ।

यसअघि पनि गृहमन्त्री थापा र शिक्षामन्त्री पोखरेलबीच शुल्क फिर्ता गराउने विषयमा छलफल भएको थियो । गत असोज र कार्तिकमा गृहमन्त्री र शिक्षामन्त्री लगायतका पदाधिकारीहरुसहित बसेको बैठकले सुरुमा एक महिना र त्यसपछि थप १५ दिनको समयसीमा दिँदै अतिरिक्त लिएको रकम फिर्ता गर्न वा समायोजन गर्न आग्रह गर्दै फिर्ता नगरे कारवाही अघि बढाउने निर्णय गरेको थियो । अतिरिक्त शुल्क लिएर फिर्ता नगरेपछि देशैभरका चिकित्सा शिक्षाका विद्यार्थी अन्दोलित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नारायणगढ–बुटवल सडक निर्माणको ६६ प्रतिशत भौतिक प्रगति, अहिले दाउन्ने क्षेत्रमा काम केन्द्रित

नवलपरासी । नारायणगढ–बुटवल सडक निर्माण योजनाको भौतिक प्रगति ६६ दशमलव ५० प्रतिशत पुगेको

‘एभरेष्ट समिटर समिट’ मा १६ देशका एक सय ७७ आरोही सहभागी हुने

  काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने संसारका आरोहीहरूको पहिलो अन्तर्राष्ट्रिय

चट्याङ लागेर २३७ जनाको मृत्यु, ९०८ घाइते

झापा । नेपालमा पछिल्लो चार वर्षमा चट्याङबाट दुई सय ३७ जनाको मृत्यु भएको

प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले सांसदहरुको प्रश्नको जवाफ दिने कार्यक्रम

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ःबजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री केपी