‘ बाहिर राष्ट्रियताको चर्को डंका पिट्ने भित्रभित्र विदेशी शक्तिसँग झुक्ने ?’



पोखरा । संघीय समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीले जनताको स्वाधिनता र सार्वभौम सत्ताको भावनाको दोहान गरेको आरोप लगाएका छन् ।

पोखरामा आइतबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै भट्टराईले बाह्य राष्ट्रियतामा अडान लिने मान्छेको रूपमा राष्ट्रवादी छबी बनाएका प्रधानमन्त्री ओलीलाई देशभक्ति भावनाको अभिप्रेरित भएर मत दिएको बताए ।

‘बाहिर–बाहिर राष्ट्रियताको चर्को डंका पिट्ने भित्रभित्र विदेशी शक्तिसँग झुकेर आफ्नो देशको भूमी सुम्पने काम चाहे राजा महेन्द्र, चाहे अहिलेका केपी ओलीसम्मले गरेका छन्’, उनले भने, ‘अहिले कालापानी लिपुलेकको प्रसंग उठिराखेको छ। कालापानीमा ६० वर्षदेखि भारतीय सेना आएर बसिराखेको छ।’

उनले कूटनीतिक तबरबाट सीमा विवाद समाधान गर्न सुझाव दिए । उनले लिपुलेक, लिम्पियाधुरा र कालापानी समस्यालाई समाधान गर्नका लागि भारतसँग उच्चस्तरीय वार्ता गर्नुपर्ने उल्लेख गर्दै सरकारले ठोसरुपमा पहल नगरेको आरोप लगाए ।

दुई वर्षसम्म सरकारले केही गर्न नसकेको आरोप लगाउँदै भट्टराईले नेपाली काँग्रेस र नेकपाले लामो समयसम्म मुलुकमा शासन गरेपनि जनताको समस्याको समाधान समाजवादी पार्टीले मात्र गर्नसक्ने दाबी गरे ।

समाजवादी पार्टीका उपेन्द्र यादवले लामो सङ्घर्ष र आन्दोलनका कारण मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भए पनि आदिवासी जनजाति, दलित, मधेशी र अल्पसङ्ख्यक उत्पीडित जातिको जीवनमा खासै परिवर्तन नभएको बताए ।

समाजवादी पार्टीले जाति, भाषा, संस्कृतिको उत्थानका साथै विभेदको अन्त्यका लागि आवाज उठाउँदै आइरहेको प्रसङ्ग उल्लेख गर्दै कास्की क्षेत्र नं २ का पार्टीका उम्मेदवारलाई सो कार्य गर्नका लागि जिताएर सबैलाई चकित पार्नका लागि आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना

आगलागी पीडितको बसोबासको यथोचित प्रवन्ध गर्न सरकारसँग देउवाको माग

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्तालाई आगलागी प्रभावितको राहत

नेपालमा विश्वमै सबैभन्दा सस्तोमा हाइड्रोजन उत्पादन गर्न सकिने

  काठमाडौँ । नेपालमा जलविद्युतसँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक ऊर्जा उत्पादनमा पनि