‘ बाहिर राष्ट्रियताको चर्को डंका पिट्ने भित्रभित्र विदेशी शक्तिसँग झुक्ने ?’



पोखरा । संघीय समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीले जनताको स्वाधिनता र सार्वभौम सत्ताको भावनाको दोहान गरेको आरोप लगाएका छन् ।

पोखरामा आइतबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै भट्टराईले बाह्य राष्ट्रियतामा अडान लिने मान्छेको रूपमा राष्ट्रवादी छबी बनाएका प्रधानमन्त्री ओलीलाई देशभक्ति भावनाको अभिप्रेरित भएर मत दिएको बताए ।

‘बाहिर–बाहिर राष्ट्रियताको चर्को डंका पिट्ने भित्रभित्र विदेशी शक्तिसँग झुकेर आफ्नो देशको भूमी सुम्पने काम चाहे राजा महेन्द्र, चाहे अहिलेका केपी ओलीसम्मले गरेका छन्’, उनले भने, ‘अहिले कालापानी लिपुलेकको प्रसंग उठिराखेको छ। कालापानीमा ६० वर्षदेखि भारतीय सेना आएर बसिराखेको छ।’

उनले कूटनीतिक तबरबाट सीमा विवाद समाधान गर्न सुझाव दिए । उनले लिपुलेक, लिम्पियाधुरा र कालापानी समस्यालाई समाधान गर्नका लागि भारतसँग उच्चस्तरीय वार्ता गर्नुपर्ने उल्लेख गर्दै सरकारले ठोसरुपमा पहल नगरेको आरोप लगाए ।

दुई वर्षसम्म सरकारले केही गर्न नसकेको आरोप लगाउँदै भट्टराईले नेपाली काँग्रेस र नेकपाले लामो समयसम्म मुलुकमा शासन गरेपनि जनताको समस्याको समाधान समाजवादी पार्टीले मात्र गर्नसक्ने दाबी गरे ।

समाजवादी पार्टीका उपेन्द्र यादवले लामो सङ्घर्ष र आन्दोलनका कारण मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भए पनि आदिवासी जनजाति, दलित, मधेशी र अल्पसङ्ख्यक उत्पीडित जातिको जीवनमा खासै परिवर्तन नभएको बताए ।

समाजवादी पार्टीले जाति, भाषा, संस्कृतिको उत्थानका साथै विभेदको अन्त्यका लागि आवाज उठाउँदै आइरहेको प्रसङ्ग उल्लेख गर्दै कास्की क्षेत्र नं २ का पार्टीका उम्मेदवारलाई सो कार्य गर्नका लागि जिताएर सबैलाई चकित पार्नका लागि आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्थानीय तहको अधिवेशनमा जुट्यो एमाले

काठमाडौं । आगामी मङ्सिर १० देखि १२ गतेसम्म १०औँ राष्ट्रिय महाधिवेशन तय गरेको

माओवादी स्थायी कमिटी बैठकमा पार्टी सुदृढीकरणका विषयमा छलफल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठकमा पार्टी सुदृढीकरणका विषयमा छलफल भएको

प्रधानमन्त्री देउवा ‘वर्ल्ड लिडर समिट’मा सहभागी हुन वेलायत जाने

काठमाडौं । सरकारले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा संयुक्त अधिराज्यको ग्लास्गोमा आयोजना हुने जलवायु

नेपाली फुटबल खेलाडीलाई जनही पाँच लाख दिने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले साफ च्याम्पियनसिप फुटबलमा उपविजेता नेपाली फुटबल खेलाडीहरुलाई जनही ५ लाख