‘देउवाजीलाई स्पष्ट भन्न चाहन्छु, देशभक्तिको विषयमा हाम्रो बोली लर्वरिन्न’ : सरकारका प्रवक्ता



पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कांग्रेस सभापति शेरबहादुर देउवाले कालापानीको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई लगाएको आरोपको प्रतिवाद गरेका छन् । नेपाल पत्रकार महासंघ कास्कीले आइतबार गरेको कार्यक्रममा मन्त्री बास्कोटाले देउवाको भनाईको प्रतिवाद गरेका हुन् ।

शनिबार पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देउवाले भारतले हालै सार्वजनिक गरेको राजनीतिक नक्सामा ‘कालापानी र लिपुलेक ओलीकै सहमतिमा राखिएको भन्ने आरोप लगाएका थिए । देउवाले आफूले महाकाली सन्धि गर्दा कालापानी महाकाली पूर्वमा रहेको र अहिले भारतले ओलीकै सहमतिमा नयाँ नक्सा सार्वजनिक गरेको’ आरोप लगाएका थिए ।

देउवाको भनाईको प्रतिवाद गर्दै मन्त्री बास्कोटाले नाकाबन्दीका बेला एक शव्द नबोल्नेले अहिले ठूला कुरा गर्न नमिल्ने बताए ।
उनले भने, “श्रीमान् शेरबहादुर देउवाजीलाई स्पष्ट भन्न चाहन्छु, हाम्रो बोली लर्वरिन्न, देशभक्तिको विषयमा । नाकाबन्दीमा एक शब्द बोल्न नसकेर म्याउँ गर्न नसक्ने, अहिले ठुल्ठुलो ढाडे बनेर चुनाव आयो भनेर कुर्लेर हुन्छ ?”

उनले टनकपुर सन्धि आफूहरुले नबिर्सेको भन्दै त्यो सन्धिप्रति देउवाको दृष्टिकोण के ? भन्दै प्रश्न गरे । कालापानी र लिपुलेकको विषयमा सरकारले आफ्नो धारणा सार्वजनिक गरिसकेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एक रुपैयाँ पनि हिनामिना भएको भेटियो भने मलाई यही रंगशाला निर्माणस्थलमा खाल्डो खनेर पुरिदिए हुन्छ(भिडियोसहित)

काठमाडौं । धुर्मुस सुन्तली फाउन्डेसनका संस्थापक सीताराम कट्टेलले रंगशालाको काम अघि बढ्न नसक्दा

सबै प्रदेशमा आलोपालो प्रणालीद्वारा सरकारलाई पूर्णता दिन्छौंः प्रधानमन्त्री

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेश सरकारहरु पनि पुनर्गठन हुने बताएका छन्

केन्द्रदेखि प्रादेशिक सरकारकाबारेमा छलफल गर्न एकीकृत समाजवादीद्वारा कार्यदल गठन

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी हुनका लागि तयारी गर्न पार्टी अध्यक्ष

निमुखालाई न्याय, विपन्नलाई आयको वातावरण मिलाउनुपर्छः राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा आएको राजनीतिक परिवर्तनको आभास विपन्न नागरिकले महसुस