‘मलाई चुकेल्याङजस्तो नठान्नुहोला’



सूर्य थापा

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस सल्लाहकारको जिम्मेवारी प्रदान गर्नुभएकोमा विशेष आभार र कृतज्ञता व्यक्त गर्दछु । यस जिम्मेवारीमा म दोस्रो पटक आएको छु । मेरो पत्रकारिता जीवनका आदरणीय अग्रज डा. कुन्दन अर्यालले राजीनामा दिनुभई रिक्त भएको यस स्थानमा नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले मलाई नियुक्त गरेको विदितै छ ।

नयाँ जिम्मेवारीमा नियुक्तिसँगै, प्रत्यक्ष भेटेर, टेलिफोनमार्फत र सोसल मिडियाको माध्यमबाट बधाई तथा शुभकामना दिनुहुने सबै व्यक्तित्वहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु । यस जिम्मेवारीलाई मैले आफ्नो पुनःपरीक्षा र परीक्षणका रूपमा आत्मसात् गरेको छु ।
बधाई र शुभकामनासँगै व्यापक अपेक्षा पनि प्रकट भएको छ । मेरो स्वभाव, शैली र व्यवहार कोही कसैप्रति नबिझाउने बनाउन प्रयत्न गर्ने नै छु । तर चुकेल्याङजस्तो नठान्न र त्यसखालको अपेक्षाचाहिँ नगर्न सबैमा विनम्र अनुरोध गर्दछु ।

सम्माननीय प्रधानमन्त्रीको कार्यसम्पादनलाई परिणाममुखी बनाउन नै सम्पूर्ण योग्यता, क्षमता र बर्कतका साथ टिमवर्कमा क्रियाशील हुने, संचार क्षेत्रको सहज पहुँच र समन्वयमा रहने, भ्रम(-यूमर), अतिरंजना, नक्कली र तथ्यहीन (फेक)समाचार सम्प्रेषण, बार्गेनिङ र बिक्रीको (पेड) समाचार, तोडमरोड (डिस्टोर्सन), नकारात्मक सम्प्रेषणमा प्राथमिकता (नेगेटिभिज्म) र नियोजित उद्देश्य(भेस्टेड मिसन) जस्ता व्यवहारमा जारी गलत अभ्यासमा सुधार गरी तथ्यको आधारमा सत्यमा पुग्ने व्यवसायिक(प्रोफेशनल)कार्यशैलीमा मेरो सदैव सहयोग रहने छ । मलाई निष्ठा र समर्पणका साथ प्राप्त नयाँ जिम्मेवारी पूरा गर्न सबैको सहयोग प्राप्त हुने हार्दिक आशा र विश्वासका साथ आशिर्वाद चाहन्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने जसपा नेपालको निर्णय

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निर्णय गरेको छ

‘ गृहमन्त्रीले आफैंले कमान्ड गरेको प्रहरीको सुरक्षा दिन सक्दैन भने नेपाली युवा देशमा किन बस्ने ?’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले नेपाल प्रहरीको सुरक्षा गर्न नसकेको

भ्रष्टाचार हुने देशको सूचीमा नेपाल ३४ अंकसहित १०७ औं स्थानमा, साउथ सुडान विश्वकै भ्रष्टाचार गर्ने मुलुक

काठमाडौं । नेपाल भ्रष्टाचारको सूचकांकमा एक स्थान खस्किएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले मंगलबार

नेपाल समाजवादी पार्टीको महिला उपाध्यक्षमा मानुषी यमि निर्विरोध निर्वाचित

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को महिला उपाध्यक्षमा मानुषी यमि भट्टराई निर्विरोध