पछिल्लो निर्णयले पार्टी एक ढिक्का भएको छः प्रचण्ड



बाग्लुङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको पछिल्लो निर्णयले पार्टी झन् एक ढिक्का भएको बताएका छन् ।

बाग्लुङको बुर्तिवाङमा शनिबार आयोजित चुनावी सभालाईसम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले भने, ‘दुईटा अध्यक्षले कता कता जोड दिने भन्ने पनि टुङ्ग्याएका छौं । एउटाले सरकारमा जोड दिने र एउटाले पार्टीमा जोड दिने भन्ने पनि टुङ्ग्याएका छौं ।’ उनले पार्टीमा अब कुनै भ्रम नभएको र अब बाटो सफा भएको बताए ।

प्रचण्डले राष्ट्रको एकता, स्वाधिनता र भौगोलिक अखण्डता कायमा गर्नको लागि नेपाली जनताको एकता भन्दा ठूलो तागत अरु केही पनि नहने प्रष्ट पारे ।

उनले भने, ‘राष्ट्रका लागि अनवरतरुपमा संघर्ष गर्दै आएका कम्युनिष्टहरुको एकता राष्ट्रमा अरु केही पनि हुँदैन ।’ यही जिम्मेवारीलाई राम्रोसँग महशुस गरेर नै पार्टी एकता गरेको भन्दै सानो चित्तले एकता नभएको उनको भनाई थियो ।

उनले भने, ‘राष्ट्रको वृहत्तर हितको निम्ति र नेपाली जनताको समृद्धि र विकासको आकांक्षालाई सम्बोधन गर्ने तागत पैदा गर्नको लागि एकता पैदा गरिएको हो । यो वाम गठबन्धन पनि त्यहि एकताको कडीका रुपमा हामीले बुझेका छौं । मैले र हाम्रो पार्टी नेतृत्वले यहाँका पार्टीका साथीहरुलाई बिना कुनै तर यदि भन्ने कुनै आशंका नराखीकन वाम गठबन्धनका साझा उम्मेद्वारलाई जिताउन अगाडि बढ्नु पर्दछ । पार्टी एउटा निश्चित बिचारबाट चलेको हुन्छ । त्यसका निश्चित उद्देश्य हुन्छन् । पार्टीमा छलफल र बहसहरु हुन्छन् । तर निर्णय भइसकेपछि सम्पूर्ण पार्टी सदस्यहरुले त्यो निर्णयको पालना गर्नुपर्दछ । पार्टी हुनुको यो न्यूनतम सर्त हो । त्यसो नभए पार्टी भन्ने हुँदैन ।’

प्रचण्डले भने, ‘नेपालमा सिमानाका समस्या पुराना समस्याका रुपमा छन् । कालापानी र सुस्ताको समस्या जटिल र गम्भीर प्रकृतिको थियो । अहिले भारतले प्रकाशित गरेको नक्शामा कालापानी क्षेत्र, लिपुलेक, लिम्पुवाधुरा सम्मको भूभाग भारतमा देखाइएको छ । हामीले सुरुमै भन्यौं, यो हामीलाई मान्य छैन, यसको निम्ति हामी जुनसुकै किसिमको पहलकदमी लिन पनि तयार छौं । सरकारले त्यहि कुरा भनेको छ । अहिले राष्ट्र एकतावद्ध छ, जनता एकतावद्ध छन् । सबै दल र पार्टीहरु एकतावद्ध छन् । राष्ट्रको भौगोलिक अखण्डताको रक्षाको लागि र राष्ट्रको एकताको लागि कम्युनिष्ट पार्टी र त्यसको अध्यक्षको हैसियतले साझा उम्मेद्वारलाई विजयी गराउन सबैसँग अपील गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागमती प्रदेशमा बन्यो १४ सदस्यीय मन्त्रिपरिषद, थप चार मन्त्रीले लिए शपथ

बागमती । बागमती प्रदेशमा नेपाली कांग्रेसका थपचार मन्त्रीले शपथ लिएका छन् । शनिबार

चीनतर्फ एक अर्ब ९६ करोडको सामान निर्यात हुँदा चीनबाट एकवर्षमा ६५ अर्बको सामान आयात

  रसुवा । गत आर्थिक वर्षमा रसुवागढी नाकाबाट ६५ अर्ब २२ करोड ६३

सरकारलाई असफल हुने छुट छैनः सञ्चारमन्त्री गुरुङ

  गण्डकी । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारलाई असफल हुने

चन्द्रमामा फेला परेको गुफामा मानिस बस्न सक्छन् ?

वैज्ञानिकहरूले चन्द्रमामा पहिलो पटक एउटा गुफा पत्ता लागेको बताएका छन्। कम्तीमा १०० मिटर