भू-राजनीतिक मुद्दा बनाईंदैछ लिम्पियाधुरा-लिपुलेककाे समस्या



भरत दाहाल

भू-राजनीतिक मुद्दा बनाईंदैछ लिम्पियाधुरा-लिपुलेककाे समस्या
सडकमा विरोधको नाटक मात्र गर्ने दलालहरुसंग समाधान मागौं

सिआईए र रअका एजेन्टहरुले लिम्पियाधुरा-कालापानी मामिलामा समाधानको कुनै कुरा नगरेर विरोधको नाटक मात्र गरिरहेका छन्। ईण्डियाको विरोध गरे जस्तो गरेर नेपाली अल्मल्याउने र समाधानको बाटोका बारेमा पनि केही नबोल्ने तिनीहरुको रणनीति देखिन्छ।

यो रणनीतिलाई नबुझ्ने हो भने लिम्पियाधुरा-कालापानी मामिला बाह्य शक्तिहरु खेल्ने कार्डका रुपमा परिणत हुने र नेपाल तिनीहरुको शक्ति प्रतिस्पर्धाको चेपुवामा फस्ने खतरा बढ्न थालेको छ।

सो क्षेत्र नेपालको हो भन्ने कुरामा बहसको आवश्यकता छैन। सत्ता पक्ष, संसदको प्रतिपक्ष, सेना र सडकमा लिम्पियाधुरा-कालापानीबारे नेपालको पक्षमा बोल्नेहरु मनदेखि ईमान्दार हुन् भने समाधानका लागि निम्न प्रकृयाहरुका बारेमा स्पष्ट रुपमा अडान देखाउनु पर्छ। समाधान नदेखाउने विरोधले वातावरणलाई धमिलो र अन्योलग्रस्त बनाउँछ। ओली, शेरबहादुर, पुष्पकमल लगायत सबै त बोले तर समाधानको प्रकृया के हो भन्ने कुरामा कोही बोल्न चाहिररहेका छैनन्।

यीनीहरुकोे भाषणमा नेपाली भावना हो भने………

. सर्वप्रथम नेपालको सिमानाका बारेमा स्वेतपत्र जारी हुनु पर्छ।
. नेपालको वास्तविक नक्शा प्रकाशित गरेर प्रचलनमा ल्याउनु पर्छ।
. लिम्पियाधुरा-कालापानी क्षेत्रमा नेपाली सेना पठाउनु पर्छ।
. त्यस क्षेत्रबाट पछि तुरुन्त पछि हट्न ओलीले सिधै मोदीलाई अल्टीमेटम दिनु पर्छ।
. यतिले पनि भएन भने अन्तर्राष्ट्रिय मञ्चहरुमा विधिवत् रुपमा उठाउनु पर्छ।
. ईण्डियासंगको सिमाना बन्द गरेर चारैतिर तारबारको व्यवस्था गर्नु पर्दछ।

यी प्रकृयामा जान नचाहनेहरु अर्को केन्द्रबाट परिचालित दलालहरु हुन् भन्ने कुरामा संका नगरे हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मंगोलियालाई नेपालले दियो ३१५ रनको लक्ष्य

काठमाडौं । १९ औँ एसियाली खेलकुदमा नेपालले मंगोलियालाई ३ सय १५ रनको कीर्तिमानी

वैवाहिक समारोहमा आगलागी हुँदा इराकमा कम्तीमा एकसय जनाको मृत्यु

बीबीसी । इराकमा एक विवाह समारोहमा आगलागी हुँदा कम्तीमा एक सय जनाको मृत्यु

कोशी प्रदेशमा डेङ्गुबाट १७ जनाको मृत्यु, सुनसरीमा मात्रै १९ हजार सङ्क्रमित

झापा । डेङ्गु सङ्क्रमणबाट कोशी प्रदेशमा गत साउनदेखि हालसम्ममा १७ जनाको मृत्यु भएको

सुन तस्करी प्रकरणको आजदेखि थुनछेक बहस

काठमाडौँ । काठमाडौँको सिनामङ्गलबाट बरामद गरिएको ६० किलो सात सय ग्राम सुन प्रकरणमा