भू-राजनीतिक मुद्दा बनाईंदैछ लिम्पियाधुरा-लिपुलेककाे समस्या
भरत दाहाल
भू-राजनीतिक मुद्दा बनाईंदैछ लिम्पियाधुरा-लिपुलेककाे समस्या
सडकमा विरोधको नाटक मात्र गर्ने दलालहरुसंग समाधान मागौं
सिआईए र रअका एजेन्टहरुले लिम्पियाधुरा-कालापानी मामिलामा समाधानको कुनै कुरा नगरेर विरोधको नाटक मात्र गरिरहेका छन्। ईण्डियाको विरोध गरे जस्तो गरेर नेपाली अल्मल्याउने र समाधानको बाटोका बारेमा पनि केही नबोल्ने तिनीहरुको रणनीति देखिन्छ।
यो रणनीतिलाई नबुझ्ने हो भने लिम्पियाधुरा-कालापानी मामिला बाह्य शक्तिहरु खेल्ने कार्डका रुपमा परिणत हुने र नेपाल तिनीहरुको शक्ति प्रतिस्पर्धाको चेपुवामा फस्ने खतरा बढ्न थालेको छ।
सो क्षेत्र नेपालको हो भन्ने कुरामा बहसको आवश्यकता छैन। सत्ता पक्ष, संसदको प्रतिपक्ष, सेना र सडकमा लिम्पियाधुरा-कालापानीबारे नेपालको पक्षमा बोल्नेहरु मनदेखि ईमान्दार हुन् भने समाधानका लागि निम्न प्रकृयाहरुका बारेमा स्पष्ट रुपमा अडान देखाउनु पर्छ। समाधान नदेखाउने विरोधले वातावरणलाई धमिलो र अन्योलग्रस्त बनाउँछ। ओली, शेरबहादुर, पुष्पकमल लगायत सबै त बोले तर समाधानको प्रकृया के हो भन्ने कुरामा कोही बोल्न चाहिररहेका छैनन्।
यीनीहरुकोे भाषणमा नेपाली भावना हो भने………
१. सर्वप्रथम नेपालको सिमानाका बारेमा स्वेतपत्र जारी हुनु पर्छ।
२. नेपालको वास्तविक नक्शा प्रकाशित गरेर प्रचलनमा ल्याउनु पर्छ।
३. लिम्पियाधुरा-कालापानी क्षेत्रमा नेपाली सेना पठाउनु पर्छ।
४. त्यस क्षेत्रबाट पछि तुरुन्त पछि हट्न ओलीले सिधै मोदीलाई अल्टीमेटम दिनु पर्छ।
५. यतिले पनि भएन भने अन्तर्राष्ट्रिय मञ्चहरुमा विधिवत् रुपमा उठाउनु पर्छ।
६. ईण्डियासंगको सिमाना बन्द गरेर चारैतिर तारबारको व्यवस्था गर्नु पर्दछ।
यी प्रकृयामा जान नचाहनेहरु अर्को केन्द्रबाट परिचालित दलालहरु हुन् भन्ने कुरामा संका नगरे हुन्छ।