प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी, ओली पाँच वर्ष प्रधानमन्त्री हुने



काठमाडौँ । नेकपाको सचिवालय बैठकले केपी शर्मा ओलीलाई पाँच वर्ष प्रधानमन्त्री रहने निर्णय गरेको छ । बुधबार बालुवाटारमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

अध्यक्ष पुष्पकमल दाहाललाई भने पार्टीको कार्यकारी अधिकार दिइने बैठकले निर्णय गरेको छ । यसअघि केपी शर्मा ओली नै कार्यकारी अध्यक्ष भूमिका निर्वाह गरेका थिए । तर पनि बैठकको अध्यक्षता संयुक्त गर्ने गरिएको थियो ।

कार्यकारी अधिकारसहितको पार्टीको नेतृत्व प्रचण्डले गर्ने कुरामा सहमति जुटेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । तर दुवै नेताको वरीयता भने बराबर हुनेछ ।

पार्टी र सरकार सञ्चालन दुवै नेताको सहमति, सल्लाह र समझदारीमा हुनेछ । अब प्रधानमन्त्री केपी शर्मा ओली सरकारको काममा केन्द्रित हुने र प्रचण्ड कार्यकारी अधिकारसहित पार्टी काममा केन्द्रित हुने र बैठकको अध्यक्षता संयुक्त गर्ने र सञ्चालन अध्यक्ष प्रचण्डले गर्ने विषयमा समझदारी जुटेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विकराल बन्दै डढेलो : ५० जिल्लाका वन क्षेत्रमा डढेलो, करोडौंको क्षति

  गण्डकी ।  वन तथा भू–संरक्षण विभागका अनुसार बिहीबारसम्ममा ५० जिल्लाका वन क्षेत्रमा

नेपाल प्रहरीका ६ एसएसपीको सरुवा, बसन्त रजौरेलाई काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी

काठमाडौं । नेपाल प्रहरीका ६ एसएसपीको सरुवा भएको छ । शुक्रबार उपप्रधान तथा

नेपाल र चीनबीच मानव संशाधन विकास सहयोग र बोन म्यारो प्रत्यारोपणसम्बन्धी सम्झौता

काठमाडौं । नेपाल र चीनबीच दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ

प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक(एडिबी)का उपाध्यक्ष इङमिङ