प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी, ओली पाँच वर्ष प्रधानमन्त्री हुने



काठमाडौँ । नेकपाको सचिवालय बैठकले केपी शर्मा ओलीलाई पाँच वर्ष प्रधानमन्त्री रहने निर्णय गरेको छ । बुधबार बालुवाटारमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

अध्यक्ष पुष्पकमल दाहाललाई भने पार्टीको कार्यकारी अधिकार दिइने बैठकले निर्णय गरेको छ । यसअघि केपी शर्मा ओली नै कार्यकारी अध्यक्ष भूमिका निर्वाह गरेका थिए । तर पनि बैठकको अध्यक्षता संयुक्त गर्ने गरिएको थियो ।

कार्यकारी अधिकारसहितको पार्टीको नेतृत्व प्रचण्डले गर्ने कुरामा सहमति जुटेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । तर दुवै नेताको वरीयता भने बराबर हुनेछ ।

पार्टी र सरकार सञ्चालन दुवै नेताको सहमति, सल्लाह र समझदारीमा हुनेछ । अब प्रधानमन्त्री केपी शर्मा ओली सरकारको काममा केन्द्रित हुने र प्रचण्ड कार्यकारी अधिकारसहित पार्टी काममा केन्द्रित हुने र बैठकको अध्यक्षता संयुक्त गर्ने र सञ्चालन अध्यक्ष प्रचण्डले गर्ने विषयमा समझदारी जुटेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पदको गरीमालाई सम्मान गर्न यी व्यक्तिहरूमा ध्यान दिनु उचित हो कि ?

केशवप्रसाद भट्टराई । १. चीनबाट ६ हजार, अस्ट्रेलिया भन्दा २ हजार र अमेरिकाको

एक स्थानीय तहमात्र कार्यक्षेत्र भएका आधाभन्दा बढी सहकारी गायब

पूर्णप्रसाद मिश्र, चरिकोट (दोलखा) । एक स्थानीय तहमात्र कार्यक्षेत्र भएका सहकारीमध्ये आधाभन्दा बढी

अदालत यही लडाइँको मोहरा हो

डा.युवराज संग्रौला । न कुनै न्यायिक अवधारणा छ ? न कुनै न्यायिक दर्सन

बाराको अमलेखगञ्जमा पेट्रोल भण्डार गृह निर्माण हुने

अमलेखगञ्ज (बारा) । नेपाल आयल निगमले बाराको अमलेखगञ्जमा पेट्रोल भण्डारणका लागि छुट्टै भण्डारण