पूर्वराजाको नृत्यले किन ल्यायो यत्रो तरङ्ग ?



महेश श्रेष्ठ

जनताले सर्वसाधारण जस्तै जीवनयापन गर्ने शासक चाहन्छन् 

शासकमा आमजनताले के हेर्न चाहन्छन् भन्ने सन्दर्भलाई बुझ्न केही समय अगाडि समाजिक सञ्जालमा भाइरल भएका दुई नेताका चर्चा गरेर शुरु गर्न चाहन्छु । पहिलो मेक्सिकोका पूर्व राष्ट्रपति, जो टहरामा रहेर समान्य किसानी जीवन बिताइरहेका छन् । अर्का नेता चाहिं नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुथ, जो कार्यलय जाँदा साइकल जढरे जान्छन् । यी दुई नेताका समाचारहरू नेपाली जनताले समाजिक सञ्जालमा निक्कै शेयर गरे ।

यस्तै अहिले प्रदेश दुईको भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव मोटरसाइकल चलाएर काममा खट्ने विषय पनि जनचासोका साथ हेरिएको छ । राष्ट्रपतिका लागि हेलिकप्टर किन्दा, मन्त्रीहरूले विदेशमा उपचार गराउन जाँदा र सांसदहरूको तलव सुविधा बढाउँदा जनता किन अक्रोशित हुन्छन् त ? यी कुराहरूलाई नियाल्दा नेपाली राजनीतिको एउटा गहन पाटो छर्लङ्ग हुन्छ ।

मनौवैज्ञानिक तवरमा शासकले आफूलाई जनता झैं ठानोस् भन्ने चाहिं जनअपेक्षा पक्कै हो ।

वास्तवमा नेपाली जनताले सर्वसाधरण जस्तै जीवनयापन गर्ने शासक हेर्न चाहन्छन् । यसको अर्थ शासक र जनताबीच वर्ग समानता नै होस् भन्ने होइन । मनौवैज्ञानिक तवरमा शासकले आफूलाई जनता झैं ठानोस् भन्ने चाहिं जनअपेक्षा पक्कै हो । यसलाई अझै बुझ्ने हो भने यो वर्ग असमानताको मनोवैज्ञानिक पाटो हो ।

सामन्ती वर्ग भन्नु नै सम्पन्न र शक्तिशाली वर्गको मनोवैज्ञानिक आयाम हो । राज्यको सत्ता वरपर रहेकाहरू केही समयपछि सम्पन्न र शक्तिशाली वर्गमा रूपान्तरित हुनु त्यति अस्वभाविक होइन । तर समस्या चाहिं तिनमा आफू र सर्वसाधारण जनता फरक हुन् भने मनोभावनाको विकास हुनु हो । सम्पन्न र शक्तिशाली वर्गको सन्दर्भमा जनताले इश्र्या गर्लान् तर सामन्ती वर्गको सन्दर्भमा जनताले विद्रोह नै गर्छन् ।

नेपालको राजनीतिमा देखिएका अनेकन बेथिति गौण हुन्, मूल मुद्दा भनेको शासकमा जनताले आफू जस्तै सर्वसाधारण व्यक्तित्व नदेख्नु नै हो । अर्थात् शासक वर्गमा विकास हुने सामन्ती सोच नै नेपाली राजनीतिको मूल मूद्दा हो ।

सत्तामा रहेकाहरूले जनतालाई आफूभन्दा तल्लो दर्जा दिनु र अर्को आफू निमूखा भइयो भन्ने जनतामा पलाएको हीन भाव हो

नेपालमा आजसम्म भएका सबै राजनीतिक उत्तारचढावको मूल जरा भनेको सामाजिक र आर्थिक असमानता मात्रै नभई यसको मनोवैज्ञानिक आयाम पनि हो । राणा शासन, निर्दलीय पञ्चायत र राजतन्त्र विरुद्दका जनआन्दोलनहरू र माओवादीको सशस्त्र विद्रोह यी सबैको मनोवैज्ञानिक आयामका दुई वटा पाटा छन् ।

एक सत्तामा रहेकाहरूले जनतालाई आफूभन्दा तल्लो दर्जा दिनु र अर्को आफू निमूखा भइयो भन्ने जनतामा पलाएको हीन भाव हो । यही दुई मनोवैज्ञानिक आयामलाई बुझेकाहरूले नेपाली राजनीतिमा हालीमुहाली गरे । सत्तामा भएकाहरू, सम्पन्न र शक्तिशालीहरूमा जनताको अपेक्षा गर्ने भाव नहुन पनि सक्छ तर यो मुलुकमा राजनीति गर्नेहरूले जनतामा भएका निमूख हुँ भन्ने हीन भावमा यसरी खेलिदिए कि तिनले सम्पन्न र शक्तिशालीहरू जो कोहीलाई आफ्नो शत्रु देखे ।

नेपालका नेताहरूले भने जनताको यो मनोभाव कहिल्यै बुझेनन् । यस कारण संसारमा सबैभन्दा गाली पाउने कोही छन् भने ती नेपालका नेताहरू नै हुन् ।

‘जनताले नेतामा जनताको छवी चाहन्छन्’ भन्ने मनोभाव बुझेका नरेन्द्रमोदीको अनेकन देशबासी माझ नकारात्मक छवी बनी रहँदा भारतमा भने उनी लोकप्रिय हुनुको कारण भनेकै आफूलाई चियावालाका रूपमा परिचित गर्नु हो । त्यही मनोभाव बुझेर पहिलो चोटी नेपाल भ्रमण गर्दा छोटो अवधीका लागि मात्रै भएपनि गाडीबाट उत्रेर संसद भवनसम्म हिँडेर जाँदा नेपाली राजनीतिमा हल्लीखल्ली मचाइदिए ।

नेपालका नेताहरूले भने जनताको यो मनोभाव कहिल्यै बुझेनन् । यस कारण संसारमा सबैभन्दा गाली पाउने कोही छन् भने ती नेपालका नेताहरू नै हुन् । नेताहरूप्रति जनतामा घृणा रहुन्जेल मुलुकमा कुनै पनि शासन व्यवस्था दिगो हुन सक्दैन । वास्तवमा व्यवस्था नभई व्यवहारमा रूपान्तरण आवश्यक छ । नेताहरूको मनोवैज्ञानिक चरित्रमा रूपान्तरणको आवश्यकता छ ।

गणतन्त्र भर्सेस राजतन्त्र र वर्गीय मुद्दा

नेपालको हालको सन्दर्भमा एउटा दलको बिकल्प अर्को दल होइन । अर्थात् कम्युनिष्टको बिकल्प कांग्रेस वा अर्को कुनै दल होइन । त्यसैले नेपालको रानजीतिमा बैकल्पिक शक्तिका रूपमा आफूलाई अघि सार्न चाहेका दलहरूले जनमत पाएका छैनन् ।

वास्तवमा कुनै पनि राजनीतिकवाद र प्रणालीले नभई भष्ट्राचार, अख्तियारको दुरुपयोग, कानून पालना गराउने भन्दा नेता शक्तिशाली हुनु, आमजनताले न्याय नपाउनु, महंगीलगायतका कुराहरूले वर्ग विभाजनको मनोवैज्ञानिक पाटो समन्तवादलाई मलजल गर्छ । बैकल्पिक शक्तिमा उदाउन चाहने दलहरूले यस्ता मुद्दालाई वर्ग अन्तर बढ्नुको मुद्दासँग जोड्ने हो भने केजरीवालको आमआद्मी पार्टी जस्तै गरि यो मुलुकमा बैकल्पिक राजनीतिक शक्तिको उदय हुनसक्छ ।

अहिलेका शक्तिशाली नेताहरूले राजतन्त्रको अन्तलाई जीवनको सबैभन्दा ठूलो उपलब्धी मान्नुले पनि यो कुरालाई पुष्टि गर्छ कि तिनको प्रमुख शत्रु भनेकै राजतन्त्र पक्षधर हुन् ।

नेपाली कांग्रेस, तत्कालिन एमाले र नेकपा माओवादी सबै प्रमुख दलहरू वर्ग संघर्षकै मुद्दाका कारण जन्मेका हुन् । वर्तमान परिवेशमा जनताको यो मनोविज्ञानलाई बुझेर अघि बढ्ने बैकल्पिक दल छैनन् । विप्लव नेतृत्वको नेकपा नफस्टाउनुको कारण चाहिं उसलाई तत्कालीन माओवादको सशस्त्र विद्रोहको नक्कल गरेको हो भनेर जनताले बुझ्नु र सशस्त्र विद्रोहले जनतालाई नै नोक्सान पुराउछ भनेर जनतामा मनोभाव विकास हुनु हो ।

यो परिवेशमा नेपालको राजनीति भनेकै गणतन्त्रविरुद्ध राजतन्त्रको सरोफेरोमा घुमेको छ । किन पनि यस्तो भो भने गणतन्त्र पक्षधरहरूले राजतन्त्र पक्षधरहरूलाई सामन्ती वर्गका रूपमा चित्रण गरे र गणतन्त्रलाई वर्गीय विभाजन अन्त गर्ने शासन व्यवस्थाका रूपमा अघि सारे । अहिलेका शक्तिशाली नेताहरूले राजतन्त्रको अन्तलाई जीवनको सबैभन्दा ठूलो उपलब्धी मान्नुले पनि यो कुरालाई पुष्टि गर्छ कि तिनको प्रमुख शत्रु भनेकै राजतन्त्र पक्षधर हुन् ।

पूर्वराजाले नाच्दा किन आयो तरङ्ग ?

केही वर्षयता हामी साक्षी भयौं गणतन्त्रको नाममा थुप्रै गरिव नेताहरू शक्तिशाली र सम्पन्न मात्रै बन्दै गएनन् तिनमा आपूmलाई जनता झैं नेदेख्ने सामन्त भावको विकास पनि भयो । तर सँगसँगै पूर्व राजपरिवारका सदस्यहरू सर्वसाधारण जस्तै व्यवहार गरिरहेका छन् । राजतन्त्रविरूद्ध गणतन्त्र भन्नु नै वर्ग अन्तरको द्वन्द्व थियो भन्ने कुरा जनतालाई नेताहरूले रटाए ।

तर आज गणतान्त्रिक निर्वाचनमा उमेदवार बन्नलाई जनता जस्तै सर्वसाधारण व्यक्तित्व भएका नेता होइन सत्ता निकट भएका शक्तिशाली र आर्थिक रूपले निक्कै सम्पन्न व्यक्ति चाहिने भयो । गणतन्त्रले त राज्य सम्पति दोहन गर्ने र सर्वसाधारणबीच हिजो भन्दा घनिभूत रूपमा वर्ग विभाजनको दुरी लम्व्याउँदै छ । यसकारण राजतन्त्र नै समान्त वर्गको मूल थियो भन्ने कुरालाई अब जनताले मान्न छाडिसके ।

मुलुकबाट राजतन्त्र हटिसकेको लामो अवधिसम्म पनि पूर्वराज परिवारका सदस्यहरूमा आमजनताले सर्वसाधारणको छवी देख्न सकेनन् । यो मुलुकमा हिन्दू धर्म र राजालाई जोडिएर हेर्ने परिपाटीका कारण राजाले मन्दिरहरूमा जनतासँग नजिक हुन खोज्न गरिएका प्रयासहरूले जनताका मनमा त्यति प्रभाव पारेन ।

राजतन्त्रको मियो, राजा समेत जनतासँग नाचगानमा रमाउनुले चाहिं पक्कै पूर्वराजाको मनमा वर्ग विभेदको भावको अन्त हुँदै छ भन्ने कुराको जनतालाई सन्देश गयो ।

तर डान्स क्ल्बहरूमा राजपरिवारको उपस्थिति हुँदै जानु र राजतन्त्रको मियो, राजा समेत जनतासँग नाचगानमा रमाउनुले चाहिं पक्कै पूर्वराजाको मनमा वर्ग विभेदको भावको अन्त हुँदै छ भन्ने कुराको जनतालाई सन्देश गयो । यसकारण राजाको नृत्यले मुलुकभर तरङ्ग ल्याइदियो ।

विगतमा नेताहरूको र यसपाली राजाको नाचमा फरक छ । विगतमा नेताहरूले राजनीतिक कार्यक्रममा कार्यकर्ताहरू र सेलिब्रेटिहरूसँग नाचे । तर राजाको यसपालीको नृत्य जनतासँग थियो त्यो पनि अनौपचारिक भेला र कार्यक्रममा । पूर्वराजाको मात्रै कुरा होइन राजसी ठाँटका साथ सैनिकको बलियो सुरक्षा वेगर राष्ट्रपति, प्रधानमन्त्री वा अर्को कुनै शक्तिशाली व्यक्तिले जनतामाझ गएर सर्वसाधारण जस्तै व्यवहार गरिदिने हो भने मुलुकको राजनीतिमा यस्तै तरङ्ग आउँछ । जनता यसरी नै उत्साहित हुन्छन् । तर यो कुरा किन चाहिं सम्भव भइरहेको छैन भने उच्चपदस्थहरूमा वर्गिय अहंकार यति बलियो हुन्छ कि तिनका लागि आपूmहरू र सर्वसाधारण फरक वर्गका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमाले र माओवादी केन्द्र अलग-अलग भएर जाने प्रचण्ड-नेपाल समूहको निर्णय

काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतको फैसला राजनैतिक आग्रहले

‘अब १२ महिना आँप फलाउ भनेर परमादेश जारी भयो भने के १२ महिनानै आँप फल्छ त ?’

काठमाडौं । राष्ट्रियसभाका सदस्य तथा वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले सर्वोच्च अदालतले मागेको भन्दा

जनमतसंग्रहको कुरा राख्दा प्रधानमन्त्रीबाट सकारात्मक जवाफ आएको छः महासचिव विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले देशमा जनमतसंग्रह

‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रमअन्तर्गत प्रदेश दुईका १५ सय छात्रालाई साइकल वितरण(फोटोफिचर)

जनकपुरधाम । १११औं अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर प्रदेश सरकारले बेटी पढाउ बेटी