हामी कहाँनेर अल्झिएको हो, जनअपेक्षाअनुसार सरकारबाट काम भएको छैनः प्रचण्ड



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको अपेक्षा अनुसार सरकारले गति लिन नसकेको स्वीकारेका छन् ।

भैरहवामा आयोजित लुम्बिनी औद्योगिक व्यापार तथा कृषि महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफ्नै पार्टीको नेतृत्वमा दुईतिहाइको सरकार हुँदा पनि व्यवसायीले चाहे जस्तो वातावरण बन्न नसकेकोमा दुखेसो पोखे ।

‘उद्योगी व्यवसायीहरुले सरकारबाट उद्योग तथा लगानीका लागि जस्तो वातावरण खोजेका थिए, त्यहो भएन। कर मात्रै लगाइएको गुनासो सुनिरहेको छु’, प्रचण्डले भने, ‘ठेक्का प्रणालीमा पनि सुधार हुन सकेन। लगानीमैत्री वातावरण बनाउन तदारुकता नदेखिएको गुनासो व्यापारीहरुले गरिरहेका छन्।’ देश दौडाहाका क्रममा आफूले जनस्तरबाट अझै पनि सरकारको गतिबारे प्रश्न सुनिरहेको उनले बताए ।

‘सरकार अझै पनि कहाँ अल्झिएको हो? जनअपेक्षा अुनसार काम भएको छैन’, उनले भने, ‘केही ढिलो पक्कै भएकै हो। तर उद्योग व्यापारको विकासमा निजी क्षेत्रलाई प्रोत्साहित गर्ने कुरामा सरकारले प्रतिवद्धता जनाएको छ। पार्टीको तर्फबाट मैले पनि प्रतिवद्धता गरेको छु।’ उनले सरकारको गति सुस्त भए पनि अबको ५ वर्ष भित्रमा नेपालका व्यवसायीको सबै अपेक्षा पूरा हुने दाबी गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्तो छ सरकारको अवस्थाः आठ महिनामा सात खर्ब ३८ अर्ब आम्दानी गर्दा आठ खर्ब ३९ अर्ब खर्च

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म सरकारको आम्दानीभन्दा खर्च बढी

मुलुकमा सुशासन कायम गर्नका लागि तपाईको सुझाव के छ ?

काठमाडौँ । नेकपा एमालेको पूर्वपोलिटब्युरो सदस्य विमला घिमिरे राष्ट्रियसभाको उपाध्यक्ष छिन् । उनी

चैत १५ को प्रदर्शनलाई ‘भव्य’ बनाउने समाजवादी मोर्चाको निर्णय

काठमाडौं । समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा वृहत जनसभा आयोजना गर्ने भएको

१७२ यात्रु बोकेको अमेरिकी विमानमा आगो लागेपछि…(भिडियो)

न्युयोर्क पोष्ट । बिहीबार राति अमेरिकाको डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकन एयरलाइन्सको विमानमा अचानक