बाबुराम भट्टराईको प्रश्नः फेरि किन ह्वात्तै बढ्यो प्रधानमन्त्रीको “राष्ट्रवादी” छवीको पारो ?



डा. बाबुराम भट्टराई ।

सुगौली- सन्धीले निर्धारित गरेको महाकाली नदी पूर्वको कालापानी, लिपुलेक,लिम्पियाधुरा लगायतको क्षेत्र नेपालको अभिन्न अंग हो र यसमा कुनै विदेशी दावी र हस्तक्षेप स्वाभिमानी नेपालीलाई मान्य छैन ।

हामी नेपालीहरू वीच यो विषयमा कुनै विवाद हुनुहुँदैन र छैन! अहिलेको जल्दोबल्दो प्रश्न जुनसुकै परिवेशमा भए पनि झण्डै साठी बर्षदेखि कालापानीमा रहेको भारतीय सेना त्यहाँबाट कसरी हटाउने र हालसालै त्यो क्षेत्रलाई भारतको नक्सामा समेटिएको विषयलाई कसरी हल गर्ने भन्ने हो।

यसबारे गत कार्तिक २३ गते वालुवाटारमा भएको सर्वदलीय बैठकमा हामी सबैले प्र म ओलीलाई भारतीय पक्षसंग उच्चस्तरीय राजनीतिक तहमा वार्ता गरेर कुटनीतिक ढंगले समस्या हल गर्न सुझाव दिएका थियौं! तर त्यसवारे प्र म ले अहिलेसम्म केकसो गर्नुभयो केही वताइएको छैन।

अहिले एक्कासी वहाँले भारतीय फौजलाई फिर्ता जान र नेपाली भूमि खाली गर्न आदेश दिएको जस्तो कुरा संचारमाध्यममा आएको छ! र फेरि एकपटक वहाँको “राष्ट्रवादी” छवीको पारो ह्वात्तै बढेको छ।

सीमा र फौज तैनाथी सम्बन्धी विवादको प्रश्न इतिहासमा र संसारभरी सधैं र सबैतिर कि त शान्त र कुशल कुटनीतिको तरिकाले कि त युद्ध र बलप्रयोगको तरिकाले हल हुने गरेको छ । अर्को तेश्रो बाटो छँदैछैन।

हाम्रा प्रमले रोजेको वा रोज्न खोजेको बाटो कुन हो? राज्यसंचालनको नेतृत्व गरिरहेको मान्छेले यसरी सार्वजनिक दन्तबझान गर्नुको अर्थ के हो? यसरी हल्ला गरेर कुटनीति हुन्छ? युद्ध वा बलप्रयोगको बाटो लिन खोजेको हो भने यसरी युद्धको तयारी इतिहासमा र संसारमा कहिले र कहाँ भएको छ? कि फेरि एकचोटि चर्को कुरा गरेर जनतालाई मुर्ख बनाउन र दलगत वा चुनावी लाभ लिन खोजिएको हो?

भनिन्छ- You can fool all the people for some time, or some people all the time, but not all people all the time !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सेनाले भन्यो-काठमाडौँ–तराई मधेस द्र्रूतमार्ग २०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य छ

काठमाडौँ । नेपाली सेनाको व्यवस्थापनमा अघि बढिरहेको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक महत्व बोकेको

उच्चस्तरीय समितिलाई नयाँ निर्वाचन गर्ने प्रयोजनका लागि एनआरएनएलाई कार्यालय बुझाउन सर्वोच्चको निर्देशन

काठमाडौँ । सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवाद समाधान गर्दै एकताको

नेप्सेको प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति गर्न तीन सदस्यीय समिति गठन

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) को

अमेरिकाबाट आएको सहयोगको अवस्थाका बारेमा जानकारीसहित प्रतिवेदन सार्वजनिक गर्नुपर्छः सांसद बास्कोटा

काठमाडौँ । नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले अमेरिकाबाट कुन–कुन शीर्षकमा कति सहयोग आयो